• होमपेज
  • समाचार
  • राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोस्ः मन्त्री पाण्डे

राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोस्ः मन्त्री पाण्डे

  • सोमवार, भदौ २६, २०७४
राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोस्ः मन्त्री पाण्डे

काठमाडौँ, भदौ २६–

वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा पदबहाली गर्दै मन्त्री पाण्डेले आफू जनप्रतिनिधि भएका कारणले मन्त्री बनेको भन्दै जनताको भावनालाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । “म झण्डा हल्लाउनका लागि मन्त्री बनेको होइन, तपार्इंहरुलाई सहयोग गर्नका लागि मन्त्री बनेको हुँ”, मन्त्री पाण्डेले भन्नुभयो ।

उहाँले वन तथा भू–जलाधार क्षेत्रमा देखिएको समस्या समाधान आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो ।

मन्त्री पाण्डेले ४४ प्रतिशत भू–भाग वनले ढाकेको मुलुकमा मलेसियाबाट काठ मगाउनु दुःखद कुरा भएको भन्दै अब स्वदेशमा उत्पादित काठ प्रयोग गर्न मन्त्रालयले आवश्यक वातावरण मिलाउने स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव प्रकाश माथेमाले ऊर्जा, कृषि, पर्यटनको मुख्य आधार वन क्षेत्र भएकाले यसको संरक्षण र सम्बद्र्धनमा मन्त्रालयले काम गरिरहेको मन्त्रीलाई अवगत गराउनुभयो ।

उहाँले देश समृद्धिमा वन क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

सचिव माथेमाले सम्पूर्ण कर्मचारीको तर्फबाट नवनियुक्त मन्त्री पाण्डेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा