• होमपेज
  • समाचार
  • सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड

सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड

  • सोमवार, भदौ २६, २०७४
सुपथ मूल्यको पसलमा उपभोक्ताको भीड

काठमाडौँ, भदौ २६–

दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ ।

नेपाल खाद्य संस्थान, साल्ट टे«डिङ लिमिटेड र नेशनल ट्रेडिङले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको भीड देखिएको छ । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका ती पसलमा बाहिर तोकिएभन्दा सस्तो र गुणस्तरीय सामान पाइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो ।

विशेषगरी ती पसलमा दिउँसोदेखि उपभोग्य सामग्री किन्न उपभोक्ताको भीड लाग्ने गरेको छ । रामशाहपथमा सञ्चालित सुपथ मूल्य पसलमा दैनिक एक सय बोरा चामल बिक्री हुने गरेको संस्थानका पुनितारानी साहले बताउनुभयो । बासमती चामल किन्नका लागि उपभोक्ता बढी आउने गरेका छन् ।

रामशाहपथमा बासमती, जिरा मसिनो, बंगलादेशी उसिना चामल, सोनामन्सुरी, मकवानपुर र ब्राउन बासमती चामल बिक्रीका लागि राखिएको छ । बामसतीमा प्रतिकिलो रु १० र अन्य चामलमा प्रतिकिलो रु पाँच छुट दिइएको छ । दुग्ध विकास संस्थानले सञ्चालन गरेको पसलमा दैनिक करिब ६० लिटर घ्यू बिक्री हुने गरेको छ ।

सुपथ मूल्य पसलमा कर्णालीको सिमीको दाल, फापर, कोदोको पिठोसमेत राखिएको छ । चाडपर्वका अवसरमा संस्थानले टेकु, थापाथली, सातदोवाटो, कालिमाटी, कोटेश्वर, सूर्यविनायक, जोरपाटी, कलंकी र जावलाखेलमा पसल सञ्चालन गरेको छ । यही भदौ १६ गतेबाट सञ्चालन भएका ती पसल छठपर्वसम्म चल्नेछन् । –रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा