• होमपेज
  • Uncategorized
  • ‘बलात्कारी बाबा’ राम रहीमको डेरामा भेटियो विस्फोटक पदार्थ

‘बलात्कारी बाबा’ राम रहीमको डेरामा भेटियो विस्फोटक पदार्थ

  • आइतवार, भदौ २५, २०७४
‘बलात्कारी बाबा’ राम रहीमको डेरामा भेटियो विस्फोटक पदार्थ

काठमाडौं,भदौ २५ –

डेरा सच्चा सौदाको सिरसास्थित मुख्यालयमा शनिबार पनि खानतलासी गरिएको छ । खानतलासीका क्रममा उनको कोठाभित्र ८१ कार्टुन विस्फोटक सामग्री फेला परेको बीबीसीले जनाएको छ ।

आतिशबाजीका लागि उक्त विस्फोटक पदार्थ राखिएको बताइएको छ । एक अज्ञात व्यक्तिले दिएको सूचनाका आधारमा खानतलासी भएको थियो । धेरैले रामरहीमका अनुयायीले उक्त विस्फोटक पदार्थ राखेको हुन सक्ने अनुमान गरेका छन् ।

यसअघि शुक्रबार भएको खानतलासका क्रममा पाँच बालक फेला परेका थिए । १४, १५ वर्ष उमेर बताउने बालकको उद्धार गरिएको थियो । सिरसामा डेरा सच्चा सौदाको मुख्यालय ६८ वर्षदेखि चलिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार