• होमपेज
  • Uncategorized
  • इतिहासकै ठूलो मन्त्रीपरिषद्को रेकर्ड बनाएका देउवाले अझै मन्त्री थप्दै, को–को हुँदैछन् मन्त्री ?

इतिहासकै ठूलो मन्त्रीपरिषद्को रेकर्ड बनाएका देउवाले अझै मन्त्री थप्दै, को–को हुँदैछन् मन्त्री ?

  • आइतवार, भदौ २५, २०७४
इतिहासकै ठूलो मन्त्रीपरिषद्को रेकर्ड बनाएका देउवाले अझै मन्त्री थप्दै, को–को हुँदैछन् मन्त्री ?

काठमाडौं, भदौ २५ —

यस अघि नै इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल बनाएर रेकर्ड कायम गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि पनि मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

उनले राप्रपा प्रजातान्त्रिकका तर्फबाट मन्त्री थप गरेर सरकार विस्तार गर्ने तयारी गरेका हुन् । राप्रपा प्रजातान्त्रिकले ४ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले ३ वटा मन्त्रालय दिएर मन्त्रीपरिषद् विस्तार गर्ने भएका हुन् ।

यसबारे राप्रपा प्रजातान्त्रिकसँग छलफल भइरहेको तर मन्त्रीपरिषद् आजै कि भोलि विस्तार हुने भन्ने टुंगो लागिनसकेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा, दिपक बोहोरा मध्येबाटै मन्त्री बनाउने तयारी गरेको जनाइएको छ ।

प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमध्येबाट ३ मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने भएका हुन् । मन्त्रीपरिषद्मा अहिले प्रधानमन्त्री, ३ जना उपप्रधानमन्त्री, २६ जना मन्त्री र २३ जना राज्यमन्त्री गरी ५० सदस्यीय जम्बो मन्त्रीपरिषद रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार