• होमपेज
  • समाचार
  • स्टार कप फुटवलको उपाधिका लागि बसन्तपुर र भैरवपुर आज भिड्दै

स्टार कप फुटवलको उपाधिका लागि बसन्तपुर र भैरवपुर आज भिड्दै

  • शनिबार, भदौ २४, २०७४
स्टार कप फुटवलको उपाधिका लागि बसन्तपुर र भैरवपुर आज भिड्दै

सुवास लामिछाने

चितवन भदौं,२४ –

चितवनको माडीमा जारी सर्वाधिक धनराशिको स्टार कप फुटवल प्रतियोगिताको उपाधिका लागि बसन्तपुर युनाइटेड फुटवल क्लव बसन्तपुर र ज्ञानज्योति युवा क्लव भैरवपुर आज भिड्दै छन् । हिजो सम्पन्न सेमिफाईनलमा दियो क्लव माडीलाई ट्राइव्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै बसन्तपुरले फाईनलको यात्रा तय गरेको हो ।

यस्तै हिजै भएको दोश्रो सेमिफाईनलमा प्रतिभा युवा क्लव सितलपुरलाई ३–० गोल अन्तरले पराजित गदै भैरवपुरले फाईनलको स्थान सुरक्षित गरेको हो । माडीभरिका २५ टिमको सहभागितामा रहेको प्रतियोगिताको विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहितसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त आयोजक कमिटिका खेल संयोजक अमित लामाले जानकारी दिनुभयो ।

यससंगै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने आयोजक कमिटिका अध्यक्ष सूर्य अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार