• होमपेज
  • समाचार
  • प्रदेश नम्बर २ बाट एमालेले खाता खोल्यो

प्रदेश नम्बर २ बाट एमालेले खाता खोल्यो

  • बिहिबार, भदौ २२, २०७४
प्रदेश नम्बर २ बाट एमालेले खाता खोल्यो

बारा, भदौ २२ –

बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा दलित महिला सदस्य पदकी एक उम्मेदवार निर्विरोध निर्वाचित भएकी छिन् ।

जितपुर–सिमरा– २४ मा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएकी आलमती देवी निर्विरोध निर्वाचित भएकी हुन् ।

२४ वटा वडा रहेको जितपुर–सिमरामा एमालेले प्रमुखमा कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदेश नम्बर २ अन्तर्गत ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ ।

Facebook Comments

सम्बन्धित समाचार