• होमपेज
  • समाचार
  • निकुञ्जले रोक्दा माडीमा बहुप्राविधिक शिक्षालय नबन्ने खतरा बढ्यो

निकुञ्जले रोक्दा माडीमा बहुप्राविधिक शिक्षालय नबन्ने खतरा बढ्यो

  • बिहिबार, भदौ २२, २०७४
निकुञ्जले रोक्दा माडीमा बहुप्राविधिक शिक्षालय नबन्ने खतरा बढ्यो

गोविन्द न्यौपाने

चितवन,भदौ २२  –

चितवनको माडीमा स्थापना गर्ने भनिएको प्रदेशस्तरिय बहुप्राविधिक शिक्षालय चितवन राष्ट्रिय निकुञ्जको अवरोधका कारण नबन्ने खतरा पैदा भएको छ । नेपाल सरकारले प्रदेशस्तरिय बहुप्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरे सगै प्रदेश नम्बर ३ को बहुप्राविधिक शिक्षालय चितवनको माडीमा खोल्ने गरी प्रक्रिया अगाडी बढाएकोमा त्यसलाई निकुञ्जले स्वीकृति नदिएर अवरोध गरेको हो । हाल माडी नगरपालिका वडा नं. ५ मा पर्ने साविक बघौडा गा।वि।स। वडा नं. (९ख) अन्तर्रगत कित्ता नम्वर १८६ को नेपाल सरकारको नाममा रहेको ६४ विगाहा १२ कठ्ठा १५ धुर जग्गा मध्ये १२ विगाहा २ धुर जग्गा दिवाकर बहुप्राविधिक शिक्षालयको नाममा प्राप्ती गर्न अन्य सबै प्रक्रिया पुरा गरिएको भएता पनि निकुञ्जले स्वीकृति नदिदा थप प्रक्रिया अगाडी बढ्न नसकेको पुर्व शिक्षामन्त्री धनिराम पौडेलका स्वकिय सचिव ओवनाथ पाण्डेले बताउनुभयो ।

“सिडिओ कार्यालय, मालपोत, नापी कार्यालय लगायत सबै ठाउँबाट उक्त जग्गा उपलब्ध गराउने लिखित सहमती भएता पनि निकुञ्जले स्वीकृति नदिदा भुमिसुधार मन्त्रालयमा फाईल रोकिएको छ– पाण्डेले भन्नुभयो– पटक–पटक आग्रह गर्दा पनि निकुञ्जले अटेर गरिरहेको छ ।” माडीका सबै भुभाग निकुञ्ज क्षेत्र अन्तर्रगत पर्ने भन्दै निकुञ्जले स्वीकृति नदिएको हो । निकुञ्जले स्वीकृति नदिदा भुमिसुधार मन्त्रालयले मन्त्रिपरिषद बैठकमा फाईल टेवल गराउन नसक्दा वहुप्राविधिक शिक्षालय स्थापनाको थप प्रक्रिया अगाडी बढ्न सकेको छैन् । बहुप्राविधिक शिक्षालय स्थापना भए सगै माडीको विकासमा थप टेवा पुग्ने विश्वास गरेका माडीबासीहरुले निकुञ्जका कारण माडीमा बहुप्राविधिक शिक्षालय नबन्ने खतरा पैदा भएको भन्दै आशंका ब्यक्त गर्न थालेका छन् । स्थानिय ईन्दिरा वि।क।ले बहुप्राविधिक शिक्षालय निर्माणका लागि तत्काल स्वीकृति दिएर माडीको शिक्षाको विकासमा सघाउन निकुञ्जलाई आग्रह गर्नुभयो । “विकासको पहिलो पुर्वाधार नै प्राविधिक शिक्षा हो, माडीमा बहुप्राविधिक शिक्षालय स्थापना हुदा यसले समग्र माडी सहित चितवनकै विकासमा टेवा पुर्याउछ । जनप्रतिनिधी समेत रहेकि वि।क। ले भनिन्– विभिन्न वहानामा निकुञ्जले स्वीकृति नदिएर माडीबासी प्रति अन्याय गरेको छ ।” माडीलाई तिन तर्फबाट चितवन राष्ट्रिय निकुञ्जले घेरेको छ । माडी मध्यवर्ति क्षेत्र अन्तर्रगत पर्ने हुदा चितवन राष्ट्रिय निकुञ्जको स्वीकृति लिएर मात्रै माडीमा कुनै पनि काम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । यता, निकुञ्ज प्रशासनले भने माडीमा बहुप्राविधिक शिक्षालय स्थापना गर्नका लागि कुनै अवरोध नगरेको प्रष्टोक्ति दिएको छ । माडीमा बहुप्राविधिक शिक्षालय स्थापनाको स्वीकृतिको निवेदन आएको भएता पनि आवश्यक प्रक्रिया नपुगेकाले अनुमती दिन नसकिएको निकुञ्जका वार्डेन रामचन्द्र कडेलले बताउनुभयो । “माडीका खोला–नदि, तटिय क्षेत्र जंगली जनावरको चरण, हिडडुल गर्ने स्थान हुन्, सो जग्गा मगोई खोलाको किनारमा पर्छ । वार्डेन कँडेलले भन्नुभयो– जैविक विविधतालाई असर पर्ने गरी स्वीकृति दिन निकुञ्ज ऐनले मिल्दैन ।” यदि त्यो जग्गा प्रयोग गर्ने हो भने त्यतिनै जग्गा निकुञ्जलाई वृक्षारोपण गरि सट्टा–भर्ना गर्नुपर्ने वार्डेन कडेलको भनाई रहेको छ । बहुप्राविधिक शिक्षालय स्थापना गर्ने भनिएको ठाउँ माडीको दक्षिणी क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जबाट झन्डै १५ कि.मि. टाढा पर्दछ । कुनै पनि रुख विरुवा नरहेको सो स्थान खुल्ला चौरका रुपमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार