• होमपेज
  • समाचार
  • मधेसमा गठबन्धन असफल, यस्तो छ खतरा !

मधेसमा गठबन्धन असफल, यस्तो छ खतरा !

  • बुधबार, भदौ २१, २०७४
मधेसमा गठबन्धन असफल, यस्तो छ खतरा !

रौतहट,भदौं २१-

दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा दलहरूको चुनावी गठबन्धन असफल भएको छ । पहिलो र दोस्रो चरणमा सम्पन्न भएका ६ वटा प्रदेशमा चुनावी तालमेल गरेर लडेका कतिपय दल पनि दुई नम्बर प्रदेशको चुनावमा भने एक्लै लड्ने तयारी गरेपछि चुनावी गठबन्धन असफल बनेको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एक्लै मैदानमा

मंगलबार बेलुकीसम्म कतिपय स्थानमा दलहरूले गरेको तालमेल प्रयास सफल नभएपछि त्यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी भनेका कांग्रेस, एमाले, माओवादी केन्द्र तथा मधेसकेन्द्रित दल संघीय समाजवादी, राष्ट्रिय जनता पार्टी र फोरम लोकतान्त्रिक एक्लै चुनावी मैदानमा भिड्न लागेका हुन् ।

तालमेल घोषणा

१३६ स्थानीय तहमध्ये यो समाचार तयार पार्दासम्म कांग्रेस-माओवादी केन्द्रबीच चारवटा स्थानीय तहमा मात्रै चुनावी तालमेल भएको छ । अन्य स्थानमा भने कुनै पनि दलले चुनावी गठबन्धन बनाएका छैनन् । कांग्रेस-माओवादीबीच मंगलबार धनुषाको मिथिला नगरमा मेयर कांग्रेस, उपमेयर माओवादी, लालबन्दीमा मेयर माओवादी, उपमेयर कांग्रेस, निजगढमा मेयर कांग्रेस, उपमेयर माओवादी तथा जितपुर सिमरामा मेयर माओवादी र उपमेयर कांग्रेसले लिने गरी तालमेल घोषणा गरेका छन् ।

भत्कने खतरा

दुई-दुई स्थानमा मेयर लिने गरी भागबन्डामा तालमेल गरेका यी दुई पार्टीको माथिल्लो निर्णयलाई स्थानीय स्तरमा कांग्रेस नेता-कार्यकर्ताले नमान्ने बताएपछि बनेका तालमेल समझदारी पनि भत्कने खतरा बढेको छ ।

जिम्मेवारी

मधेसमा चुनावी तालमेललगायत विषयमा रणनीति बनाउन माओवादीले प्रदेश इन्चार्ज मात्रिका यादव र संयोजक विश्वनाथ साह तथा कांग्रेसले केन्द्रीय नेता आनन्दप्रसाद ढुंगानालाई जिम्मेवारी दिएको थियो। कांग्रेस-माओवादीका यिनै दुईपक्षीय नेताको मंगलबार बिहान भएको छलफलले चार स्थानीय तहमा तालमेलको समझदारी बनाएका थिए । तर, लालबन्दी र जितपुरसिमरा माओवादीलाई मेयर छाड्ने ढुंगानाको निर्णयलाई नमान्ने भन्दै दुवै तहमा कांग्रेसले त्यस क्षेत्रमा आफ्नै उम्मेदवार उठाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार