• होमपेज
  • समाचार
  • एनआरएनए युकेको उपमहासचिवमा तिवारीको उम्मेदवारी

एनआरएनए युकेको उपमहासचिवमा तिवारीको उम्मेदवारी

  • मङ्लबार, भदौ २०, २०७४
एनआरएनए युकेको उपमहासचिवमा तिवारीको उम्मेदवारी

चितवन,भदौं २०-

एनआरएनए युकेको उपमहासचिवमा कृष्ण तिवारीले उम्मेदवारी घोषणा गरेका छन् । ९ सेक्टेम्वरमा हुने अधिवेशनमा चितवन घर भएका तिवारीले उम्मेदवारी घोषणा गरेका हुन् । उनि एनआरएनए युकेको सचिव भएर काम गरिसकेका छन् । युकेमा रहेर लामो समयदेखी व्यवसायसंगै समाजसेवामा तिवारी सक्रिय रहेका छन् । १४ बर्ष नेपालमा रहेर प्रध्यापन गराएका तिवारी ७ वर्षदेखी युकेमा पनि प्रध्यापन पेशामा छन् ।

उनले चितवनमा ह्युमन राइट्स अर्गनाइजेशनको जिल्ला अध्यक्ष,वुद्धिजिवी परिषदको जिल्ला अध्यक्ष,चितवन एड ट्रष्टको महासचिव भएर काम गरिसकेका छन् । प्रवासी नेपालीको हकहित,अधिकार र संरक्षणका लागी आफुले उम्मेद्वारी दिएको तिवारीेले वताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार