• होमपेज
  • Uncategorized
  • रत्ननगरमा ३ बिगाहा जग्गा बिप्लव नेतृत्वको नेकपाद्धारा कब्जा

रत्ननगरमा ३ बिगाहा जग्गा बिप्लव नेतृत्वको नेकपाद्धारा कब्जा

  • मङ्लबार, भदौ २०, २०७४
रत्ननगरमा ३ बिगाहा जग्गा बिप्लव नेतृत्वको नेकपाद्धारा कब्जा

चितवन ,भदौ २०-

पुर्वीचितवनको रत्ननगरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जग्गा कब्जा गरेको छ । रत्ननगर ९ मा रहेको करिब ३ बिगाहा जग्गा सो पार्टीले कब्जा गरेको हो । । नेपाल कम्युनिस्ट पार्टीको इलाका न ३ ले झण्डा र व्यानर राखेर जग्गा कब्जा गरेको जनाएको छ ।

बिगतमा कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको जग्गा अहिले केही व्यक्तिले भोगचलन गरि उद्योग संचालन गर्न खोजेको भन्दै जग्गा पुनः कब्जा गरेको नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटीले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीको व्यानर र झण्डा प्रहरीले हटाइसकेको छ । व्यानर र झण्डा राख्ने व्यक्तीहरुको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक बासुदेव खतिवडाले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार