• होमपेज
  • Uncategorized
  • भारतको भरमा माडीको विद्युत्, समस्या पत्ता लगाउने मेसिन आउन शुक्रबारसम्म लाग्ने

भारतको भरमा माडीको विद्युत्, समस्या पत्ता लगाउने मेसिन आउन शुक्रबारसम्म लाग्ने

  • मङ्लबार, भदौ २०, २०७४
भारतको भरमा माडीको विद्युत्, समस्या पत्ता लगाउने मेसिन आउन शुक्रबारसम्म लाग्ने

चितवन, भदौं २०–

चितवनको माडीमा विगत एक सातादेखी विद्युत सेवा अवरुद्ध हुँदा माडीबासी मारमा परेका छन् । यहाँको विद्युत् सेवा पूर्ण रुपमा संचालनमा ल्याउन भारतको भर पर्नुपरेको छ । विद्युत्को समस्या पत्ता लगाउन नसकेपछि प्राधिकरणका कर्मचारीहरु अन्यौलमा थिए ।

जमिनमुनीबाट तार विछ्याएर माडीमा विद्युत् प्रवाह गरिएपछि समस्या पत्ता लगाउन नै कर्मचारीहरुलाई समस्या भएको छ । यसको समस्या पत्ता लगाउन भारतबाट फल्ट इलोकेटर मेसिन मगाईएको विद्युत् प्राधिकरण भरतपुरका प्रमुख राम दुलाल यादवले नारायणी अनलाईनलाई जानकारी दिनुभयो । उहाँले यही शुक्रबारसम्ममा मेसिन आईपुग्ने र यहाँको समस्या पत्ता लाग्ने बताउनुभयो । “फस्ट पत्ता लगाउन मेसिन हामीसंग नहुँदा समस्या भएको, भारतबाट आउँदैछ, समस्या टुङगिने छ”–प्रमुख यादवले भन्नुभयो । उहाँले यो मेसिन किन्नका लागि नेपाल विद्युत् प्राधिकरणले समेत टेण्डर आह्वान समेत भईसकेको जानकारी दिनुभयो ।

विद्युत् अवरुद्ध हुँदा अहिले माडीमा चार हजार सेवाग्राही प्रत्यक्ष मारमा परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र विछ्इएको केवुलमा मूख्य समस्या सिर्जना भएको विद्युत् प्राधिकरणले जनाएको छ । २५ दिन अवरुद्ध भएको माडीको विधुत सेवा ३ साता अघिमात्र संचालनमा आएको थियो । माडीमा पटक–पटक विद्यु्त सेवा अवरुद्ध भएपछि माडीवासीहरु आक्रोशित भएका छन् । उनीहरुले अन्डर ग्राउन्डमा कमसल खालको केवल प्रयोग गरेका कारण बारम्वार एउटै समस्या दोहरिएको आरोप लगाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार