• होमपेज
  • मनोरञ्जन
  • अजय देवगनको ‘बादशाहोले’ कमायो ५० करोड

अजय देवगनको ‘बादशाहोले’ कमायो ५० करोड

  • मङ्लबार, भदौ २०, २०७४
अजय देवगनको ‘बादशाहोले’ कमायो ५० करोड

काठमाडौँ,भदौ २० –

नेपालमा दमदार कलेक्सन गर्न नसकेको अजय देवगन, इमरान हाशमी, इलियाना डीक्रूज र ईशा गुप्ताको मुख्य भूमिका रहेको मल्‍टीस्‍टारर फिल्‍म ‘बादशाहो’ले भारतीय बक्स अफिसमा भने कमाल गरेको छ । यो फिल्मले प्रदर्शनको चार दिनमा ५० करोड ग्रस कलेक्सन गरेको छ । फिल्मले भारतबाट मात्र प्रदर्शनको पहिलो दिन १२.६०, दोस्रो दिन १५.६०, तेस्रो दिन १५.१० र चौँथो दिन ६.८२ करोड कलेक्सन गर्‍यो ।

यो फिल्म घरेलू बक्स अफिसमा २८ सय र विदेशको ४४२ स्क्रिनमा प्रदर्शन भैरहेको छ । क्रिटिक्सको दिल जित्न सफल नभएपनि फिल्मले दर्शकलाई भने खुसी बनाएको छ । ‘बादशाहो’को पहिलो दिनको कलेक्सन अजय देवगनको पछिल्लो रिलिज दुई फिल्म ‘शिवाय’ र ‘एक्‍शन ज्याक्‍सन’भन्दा बढी हो । अजय देवगनको ‘शिवाय’ले पहिलो दिन ९.१९ करोड र ‘एक्‍शन ज्याक्‍सन’ले १०.३७ करोड कलेक्न गरेको थियो ।

मिलन लूथरियाको ‘बादशाहो’ एक पीरियड ड्रामा फिल्म हो । मिलनले यसअघि ‘वान्स अपन अ टाइम इन मुम्बई’ र ‘डर्टी पिक्चर’ बनाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार