• होमपेज
  • अर्थ/वाणिज्य
  • कैलालीमा दर्ता नयाँ उद्योगमा एक अर्ब तीन करोड लगानीको प्रस्ताव

कैलालीमा दर्ता नयाँ उद्योगमा एक अर्ब तीन करोड लगानीको प्रस्ताव

  • मङ्लबार, भदौ २०, २०७४
कैलालीमा  दर्ता नयाँ उद्योगमा  एक अर्ब तीन करोड लगानीको प्रस्ताव

धनगढी,भदौ २०

कैलालीमा आर्थिक वर्ष २०७३÷७४ मा दर्ता भएका नयाँ उद्योगमा रु एक अर्ब तीन करोड लगानीको प्रस्ताव गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार गत आवमा नयाँ दर्ता भएका ८९० वटा उद्योगको चालु पूँजी रु ३४ करोड २० लाख र स्थिर पूँजी रु ६८ करोड ८० लाख रहेको छ ।

सो अवधिमा प्राइभेट फर्म ६७५, साझेदारी फर्म ४२, प्रालि २० र लघु उद्योग १५३ वटा दर्ता भएकामा प्रकृतिको आधारमा सेवामूलक ३४७, उत्पादनमूलक १६४, कृषिसम्बन्धी २२४, पर्यटनका दुई र लघु १५३ उद्योग दर्ता भएको कार्यालयका प्रमुख दिलीप चन्दले जानकारी दिनुभयो ।

यी उद्योगबाट ५८७ महिला र पाँच हजार १७ पुरुषले रोजगारी पाएका छन् । ती उद्योगको वार्षिक उत्पादन क्षमता रु छ अर्ब ५९ करोड बराबर रहेको प्रस्ताव गरिएको छ । कार्यालयले सो आवमा यी सबै कामबापत रु ९२ लाख ८२ हजार ८२३ राजस्व संकलन गरेको छ ।

कार्यालय स्थापना भएदेखि हालसम्म जम्मा पाँच हजार ४७४ वटा उद्योग दर्ता भएका छन् । आव २०७२÷७३ मा ७३६ वटा उद्योग दर्ता भएका थिए । वर्षेनी घरेलु तथा साना उद्योग दर्ता हुने गरेको भए पनि दर्ता भएका उद्योग सञ्चालन भए÷नभएको बारे यकिन तथ्यांक कार्यालयसँग छैन ।

“दर्ता भएकामध्ये ६० प्रतिशत उद्योग सञ्चालनमा रहेका अनुमान गरेका छौँ,” चन्दले भन्नुभयो– “अनुगमन निरीक्षण गर्नै पर्ने उद्योगको हकमा अनुगमन गर्ने गरिएकोमा जनशक्तिको अभावमा सबै उद्योगको निरीक्षण अनुगमन गर्न सकिएको छैन ।”

स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै घरेलु तथा साना उद्योग कार्यालयलाई धनगढी उपमहानगरपालिका मातहतको उद्योग विकास शाखाको रुपमा कायम गरिएको भए पनि यस वर्ष कार्यालयले जिल्लाभरिको काम गर्ने सो कार्यालयले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा