• होमपेज
  • Uncategorized
  • बुद्ध एयरको भरतपुर-पोखरा उडान भदौ ३० देखि,कति छ भाडादर ?

बुद्ध एयरको भरतपुर-पोखरा उडान भदौ ३० देखि,कति छ भाडादर ?

  • मङ्लबार, भदौ २०, २०७४
बुद्ध एयरको भरतपुर-पोखरा उडान भदौ ३० देखि,कति छ भाडादर  ?

चितवन,भदौं २०–

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भरतपुर–पोखरा उडान भर्ने भएको छ । पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहासहित अर्को गन्तव्य लुम्बिनी जोड्ने गरी भदौ ३० गते देखि उठान सुरु गर्ने लागेको हो । चितवन र पोखार भ्रमण गर्ने पर्यटकको सहजताका लागि भरतपुर–पोखरा, भरतपुर उडान भर्न लागिएको वुद्ध एयरले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा हुने गरेको अवरोध र मानविय क्षतीका कारण पनि बुद्धले यो उडान सुरु गर्ने घोषणा गरेको हो । क्षेत्रिय विमानस्थलबाट मुलुकका अन्य क्षेत्रमा उडान भर्ने गरेको भएपनि एक शहरवाट अर्को शहरमा भने यो वुद्धको पहिलो उडान हो । यो उडानमा एक तर्फी भाडा ३ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ । यात्रुले यो उडानमा वाई क्लासमा २५ किलो, ए र बी क्लासमा २० किलो, सि, डी र ई क्लासमा १५ किलो लगेज सेवा पाउनेछन् ।

पोखरा भरपुरका लागि विहान १० बजे, भरपुर पोखरा १०ः३५, पोखरा भैरहवा ११ः१० र भैरहवाबाट पोखरा ११ः४० मिनेटमा पोखराका लागि उठान भर्नेछ । पोखरा भरतपुरका लागि एकतर्फी नेपालीका लागि ३६ सय ५० र विदेशीका लागि ९२ अमेरीकन डलर शुल्क तिर्नुपर्नेछ । त्यस्तै पोखरा भैरहवाका लागि नेपालीलाई ४२ सय र विदेशका लागि ९७ अमेरिकी डलर शुल्क तोकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार