• होमपेज
  • समाचार
  • नायिका करिष्मा मानन्धर बल्ल कक्षा ९ मा अध्ययन गर्दै

नायिका करिष्मा मानन्धर बल्ल कक्षा ९ मा अध्ययन गर्दै

  • मङ्लबार, भदौ २०, २०७४
नायिका करिष्मा मानन्धर बल्ल कक्षा ९ मा अध्ययन गर्दै

काठमाडौं,भदौ २० –

अभिनेतृ करिष्मा मानन्धर त्रिवेणी स्कूल मैतीदेवीको कक्षा ९ की विद्यार्थी हुन् । धेरैलाई अचम्म लाग्न सक्छ । उनी कक्षा ८ पास गरेर अहिले कक्षा ९ मा अध्ययनरत छन् ।

“अहिले म साना साना भाइबहिनीहरुसँग पढ्ने काममा व्यस्त छु,” मानन्धरले सोमबार बेलुकी पत्रकारहरुसँग भनिन्, “म अहिले स्कूल जान्छु भन्दा कति महिलाहरुलाई प्रोत्साहन पनि हुन्छ । अहिले म कक्षा ९ मा अध्ययनरत छु । कक्षा ८ मा भर्ना भएर परीक्षा दिएकी हुँ ।”

करिष्माले नियमित कक्षा जान नपाउँदा खबर गर्ने गरेको पनि जानकारी गराइन् ।

“कहिले पार्टीको काममा व्यस्त, कहिले फिल्मको काममा,” आफ्नो व्यस्त दैनिकीका बारेमा जानकारी गराउँदै भनिन्, “दैनिक कक्षा लिन नसके पनि परीक्षामा राम्रो गर्दिरहेछु भन्ने पुष्टि भैसकेको छ ।”

उनले कक्षा ८ को परीक्षा ग्यालेक्सी पब्लिक स्कूलबाट दिएको सुनाइन् । “म १४ वर्षको उमेरदेखि नै फिल्म क्षेत्रमा लागेँ,” उनले भनिन्, “१४ वर्षको उमेरदेखि नै पढाई छाडिदिएँ । फिल्म क्षेत्रमा ३० वर्ष काम गरेँ । मैले त त्यो क्षेत्र (फिल्म) मा डक्टर नै गरेँ जस्तो लाग्छ ।”

उनी आफू पार्टीमा लागेपछि पढाइको महत्व थाहा पाएको पनि बताइन् ।
“हुन त अहिले मैले नयाँ फिल्म बनाउँदैछु,” उनले भनिन्, “म फिल्मको काममा धेरै नै व्यस्त हुन्छु होला तर दैनिक क्लास लिन नसके पनि परीक्षा त दिन्छु नै ।”

उनले आफ्नो पढाइले धेरै महिलालाई प्रोत्साहन हुन सक्ने धेरैपटक सुनाइन् ।

मानन्धर अहिले नयाँ शक्ति पार्टीमा आवद्ध छन् । नयाँ शक्ति धेरैले छाडिसके तपाईँ के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्–म नयाँ शक्ति छाडेर कतै जादिनँ । किनकी हामीले यहिँ नै केही सक्छौं ।”

उनले अन्य पार्टीमा अवसर खोजेर बाहिरिनेहरु नै बढी भएको बताइन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि