• होमपेज
  • समाचार
  • नेपालका सडकः जहाँ डोरीले तानेर गाडी चलाइन्छ

नेपालका सडकः जहाँ डोरीले तानेर गाडी चलाइन्छ

  • मङ्लबार, भदौ २०, २०७४
नेपालका सडकः जहाँ डोरीले तानेर गाडी चलाइन्छ

पाल्पा,भदौ २० –

पाल्पाको बगनासकाली गाउँपालिकाको मालारानी, झिरुभञ्ज्याङ क्षेत्रको सडकमा डोरीले बाँधेर सवारीसाधन तान्नुपर्ने बाध्यता छ ।तानसेनदेखि चापपानी, यम्घा, दर्लमडाडालगायतका क्षेत्रमा पानी परेपछि चल्ने ठूला सवारीसाधन डोरीले बाँधेर तान्दै उकालो पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा सूर्यप्रकाश बस्याल बताउनुहुन्छ ।

मालारानी क्षेत्रमा सडक फराकिलो बनाउने काम असार महिनामा शुरु गरेकाले वर्षाका कारण सडममा हिलो भएर चिप्लो हुँदा कुनैपनि गाडी उकालो पार नहुने उहाँको भनाइ छ ।

तानसेन बसन्तपुरका रुपक्रान्ता बस्यालले अस्पताल आएकी वृद्ध आमालाई मोटरसाइकलमा बोकेर भिरुभञ्ज्याङसम्म पु¥याए पनि हिलाम्मे सडकको बीचमा पुगेपछि मोटरसाइकल बीचमा नै रोकियो । यम्घा पु¥याउन बिहानै हिँडेका बस्यालका आमा छोरालाई हिलाम्मे सडक पार गर्न समस्या भएपछि त्यहीबाट आमालाई हिँडाएर घरसम्म लैजान प¥यो ।

चापपानी मावि शिक्षक जीवलाल घिमिरेका अनुसार आधा बाटो पार भएपछि मैले पनि मोटरसाइकल कतै थन्क्याएर कतै राखेर फेरी पैदल जानुपर्छ, हिलाम्मे सडकमा मोटरसाइकल लिएर जान सकिँदैन । बीच बाटोमा लडियो भने स्कुल जाने की पोशाक बदल्न घर जाने भन्ने समस्याले आधा बाटो मोटरसाइकल, आधा पैदल गरी विद्यालय जनु–आउनु परेको उहाँको गुनासो छ ।

मोटर चल्ने बाटो विस्तार गरेपछि यस क्षेत्रमा पैदल हिँड्नसमेत समस्या भएको छ । स्कुले बालबालिकालाई बाटोमा लडिन्छ की भन्ने त्रासमै विद्यालय आवतजावत गर्न बाध्य छन् । उनीहरुका जुत्ता, कपडा एक दुई दिनमा धुनुपर्ने बाध्याले छोडेको छैन ।

बगनासकाली गाउँपालिका यम्घा वडा सचिव युवराज पाण्डेयका अनुसार केही दिनअघि बाटोको माटो हटाएपछि वर्षात्का कारण फेरि हिलाम्मे हँुदा सडकको यात्रा जोखिममय बनेको हो । दशैँ नजिकिँदा सडकमा पहिरो हटाए पनि वर्षात्ले उस्तै बनाउँदा यात्रुले सास्ती खेप्न बाध्य भएका हुन् । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा