• होमपेज
  • समाचार
  • चितवनमा जुनकीरीको सेवा आरम्भ ,एलईडी भिडियो बोर्ड शहिदचोकमा !

चितवनमा जुनकीरीको सेवा आरम्भ ,एलईडी भिडियो बोर्ड शहिदचोकमा !

  • मङ्लबार, भदौ २०, २०७४
चितवनमा जुनकीरीको सेवा आरम्भ ,एलईडी भिडियो बोर्ड शहिदचोकमा !

चितवन,भदौं २०-

चितवनको नारायणगढमा जुनकिरी एडभरटाइजिङ एण्ड इन्टरटेनमेण्ट प्रालिले आफ्नो सेवाको सुरुवात गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणगढको शहिदचोकबाट जुनकिरीले आफ्नो सेवाको सुरुवात गरेको हो ।

सोमबार साझ भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले जुनकिरी एडभरटाइजिङ एण्ड इन्टरटेनमेण्ट प्रालिले सेवा प्रारभ्भसँगै राखेको डिजिटल एलईडी भिडियो बोर्डको उद्घाटन गर्नुभयो । सो अवसरमा उपमेयर शाहले बर्तमान समयमा ब्यवसाय प्रवद्र्धनमा लागि जुनुकीरीले सञ्चालनमा ल्याएको डीजीटल एलईडी भिडियो बोर्ड प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो । बजारको सौन्दर्यता घट्दै गएको बताउदै उहाले नयाँ प्रविधिको विकास भएसँगै बजारको सुन्दरतामा थप सहयोग पुग्नसक्ने बताउदै जुनकीरी एडभरटाईजीगं एण्ड इन्टरटेनमेण्ट प्रालिलाई आर्थीक तवरबाट मात्र नभई सेवाको भावनाले समेत अगाडी बढ्न आग्रह गर्नुभयो ।

सो अवसरमा सँस्थाका प्रवन्ध निर्देशक प्रदिप गौतमले चितवनमा पहिलोपटक आफुहरुले फरकप्रकारको व्यवसायको आरम्भ गरेको बताउदैै ब्यवसायको प्रर्वद्धन गर्नका लागि जुनकिरी आएको बताउनु भयो । गौतमले सवै तह र तप्काका ब्यवसायीहरुले आफुहरुले प्रदान गर्ने सेवाको बारेमा आम सर्वसाधरणलाई जानकारी गराउन डीजीटल एलईडी बोर्डले सहयोग पुग्ने बताउनु भयो । सेवाको सुरुवात सगै उहाँले जनचेतना अभिबृदि गर्नका लागि आफुहरुले एलईडी बोर्ड मार्फत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्रमीत्र पण्डीत, नेपाली चलचित्र की नायीका रजनी केसी , जुनकीरी एडभरटाईजीगंका ब्यवस्थापक सागर अर्याल बजार प्रमुख सपन भण्डारी लगायतले बोल्नु भएको थियो । कार्यक्रम सस्थाका प्रवन्ध निर्देशक प्रदीप गौतमको अध्यक्षतमा सम्पन्न भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार