• होमपेज
  • समाचार
  • कपडामा लुकाएर ल्याएको १ सय ३४ वटा मोबाइल बरामद

कपडामा लुकाएर ल्याएको १ सय ३४ वटा मोबाइल बरामद

  • सोमवार, भदौ १९, २०७४
कपडामा लुकाएर ल्याएको १ सय ३४ वटा मोबाइल बरामद

काठमाडौं, भदौ १९ –

काठमाडौं दिल्ली काठमाडौ चल्ने लुम्बिनी दर्शनको ना ७ ख ३९९५ नम्बरको बसमा कपडामा फल्स बटम बनाई ल्याएको १ सय ३४ वटा मोबाइल पनि प्रहरीले बरामद गरेको छ ।

अपराध अनुसन्धान महाशाखाले पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यकामा भारतबाट भन्सार छली अवैध रुपमा लत्ताकपडाको चोरी पैठारी गरेको सुराकीका आधारमा भन्सार छलेर ल्याएको मोबाइल बरामद गरेको जनाएको हो ।

महाशाखाको प्रहरी नायव उपरीक्षक अजय केसीको कमाण्डमा खटिएको टोलीले मोबाइल बरामद गरेको जनाएको छ । बसका चालक बलबहादुर दवाडी, जितेन्द्र डंगोल, पासाङ लामालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

Facebook Comments

सम्बन्धित समाचार