• होमपेज
  • समाचार
  • स्टार कप फुटबलः आज पनि तीन खेल हुँदै

स्टार कप फुटबलः आज पनि तीन खेल हुँदै

  • सोमवार, भदौ १९, २०७४
स्टार कप फुटबलः आज पनि तीन खेल हुँदै

सुवास लामिछाने,

चितवन, भदौ १९–

चितवनको माडीमा जारी सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता ‘स्टार कप’मा आज प्रि–क्वाटरफाईनलका तीन खेल हुँदैछन् ।

आज हुने पहिलो खेल अन्तरगत ज्ञान ज्योती युवा क्लव भैरवपुरविरुद्ध वाल्मीकि स्पोर्टस कल्याणपुरबीच दिउँसो १२ बजे प्रतिस्पर्धा हुँदैछ । यस्तै आजको दोश्रो खेलमा बर्डस नेपाल बघौडाविरुद्ध युनाइटेड क्लव विरन्चीबीच दिउँसो २ बजे खेल हुनेछ भने आजको अन्तिम खेलमा प्रतिभा युवा क्लव सितलपुरविरुद्ध स्याउलीबास स्पोर्टस क्लवबीच दिउँसो ४ बजे प्रतिस्पर्धा हुने आयोजक स्टार स्पोर्टस क्लवले जनाएको छ ।

माडीभरिका २५ टिमको सहभागितामा रहेको प्रतियोगिताको विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहितसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कमिटिका खेल संयोजक अमित लामाले जानकारी दिनुभयो ।

यससंगै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई नगदसहित सम्मान गरिनुको साथै सेमिफाईनलमा पुगेका ४ टिमलाई एक/एक सेट जर्सी वितरण गरिने आयोजक कमिटिका अध्यक्ष सूर्य अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार