• होमपेज
  • समाचार
  • नेपाल र भारतका सैनिक संयुक्त अभ्यासमा

नेपाल र भारतका सैनिक संयुक्त अभ्यासमा

  • आइतवार, भदौ १८, २०७४
नेपाल र भारतका सैनिक संयुक्त अभ्यासमा

रुपन्देही, भदौं १८–

नेपाली सेना र भारतीय सेनाबीच एक्स सूर्य किरणको संयुक्त अभ्यासको बाह्रौँ श्रृङखला रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा आजदेखि शुरु भएको छ ।

विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी संचालन भएको उक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी राजेन्द्र कार्कीले आज शुभारम्भ गर्नुभयो ।

संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी जयन्द्र केसी र भारतीय सेनाबाट महासेनानी ललित मोहन मिश्राले नेतृत्व गर्नुभएको छ । दुवै देशका करिब ३००/३०० जना नफ्रि सहभागी गराई सञ्चालन भएको सो संयुक्त अभ्यास यही भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको एघारौं संस्करण भारतको पिथौरागढमा भएको थियो । विसं २०६७ बाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको सो संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी ११ पटक सफलतापुर्वक सञ्चालन भइसकेको छ ।

संयुक्त अभ्यासमा प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा आदानप्र्रदान गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ । सो संयुक्त सैनिक अभ्यासले दुई देशबीच वषौँदेखि रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशको सेनाको सकलदर्जाबीच समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाले विश्वास लिएको छ । –रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने