• होमपेज
  • अटो
  • महिन्द्रा टुह्वीलर्सले ल्यायो ‘महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा’योजना

महिन्द्रा टुह्वीलर्सले ल्यायो ‘महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा’योजना

  • आइतवार, भदौ १८, २०७४
महिन्द्रा टुह्वीलर्सले ल्यायो ‘महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा’योजना

काठमाडौं, भदौं १८–

नेपालभर महिन्द्रा टुह्वीलर्स विक्री गर्दै आएको अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटो इन्क प्रा.लिले आफ्ना ग्राहकहरुका लागि दशैं, तिहार तथा छठ पर्वको अवसरमा “महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा”योजना ल्याएको छ ।

यस योजनामा ग्राहकले कुपन स्क्र्याच गरी निश्चित उपहारको रुपमा एक तोलासम्म सुनको सिक्का पाउन सक्ने छन् । ग्राहकले यो चाडपर्वको बेलामा कुनै पनि महिन्द्रा बाइक तथा स्कूटरको खरिद गर्दा एउटा स्क्र्याच कुपन पाउने छ । उक्त कुपनलाई स्क्रयाच गरी न्यूनतम २.५ ग्राम देखि १ तोलासम्मको सुनको सिक्का पक्का पाइने छ भने हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउनुहुने छ । त्यसैगरी बम्परमा ४ जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि मिल्लने छ ।

महिन्द्रा टुह्वीलर उच्चतम प्रविधीयुक्त बाइक तथा स्कूटरहरु हुन् । यी बाइक तथा स्कूटरहरुले कम इन्धन खपत गरी अधिकतम माइलेज दिंदै आएका छन् । नेपालभर सुलभ तरिकाबाट जेन्युन स्पेयर पार्ट उपलब्ध हुनु, विक्रीपछिको ग्राहकमुखी सेवा जस्ता विशेषताले गर्दा महिन्द्रा टुह्वीलरहरु नेपाली उपभोक्ता माझ लोकप्रिंय बन्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि