• होमपेज
  • समाचार
  • स्टार कप फुटबलः दियो क्लव राधापुर क्वाटरफाईनलमा

स्टार कप फुटबलः दियो क्लव राधापुर क्वाटरफाईनलमा

  • आइतवार, भदौ १८, २०७४
स्टार कप फुटबलः दियो क्लव राधापुर क्वाटरफाईनलमा

सुवास लामिछाने,

चितवन, भदौ १८–

दियो क्लव माडी राधापुर चितवनको माडीमा जारी सर्वाधिक धनराशिको स्टार कप फुटबल प्रतियोगितामाको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

आज अपरान्ह भएको खेलमा जितवहान युवा क्लव गर्दीलाई १–० गोल अन्तरले पराजित गर्दै राधापुर क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तरगत आजै भएको

बीच प्रतिस्पर्धा भईरहेको आयोजक स्टार स्पोर्टस क्लवले जानकारी दिएको छ ।

यसअघि आजै भएको पहिलो खेलमा चैनपुर एफ.सी चैनपुर ‘बी’ विजयी हुँदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । उसले ध्रुवतारा युवा क्लव रामराज्यपुरलाई टाईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनल यात्रा तय गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाईबेकरमा धकेलिएको थियो ।
त्यस्तै आज भएको दोस्रो खेलमा न्यू डाईमण्ड नयाँपर्सा विजयी भएको छ । दिउँसो भएको खेलमा साईड नेपाल वसन्तपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै न्यू डाईमण्ड क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

माडीभरिका २५ टिमको सहभागितामा रहेको प्रतियोगिताको विजेताले ५५ हजार १ सय ५१ रुपैयाँ, उपविजेताले २६ हजार १ सय ५१ रुपैयाँसहितसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यससंगै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिल्डफिल्डर, सर्वाधिक गोलकर्ता, अनुशासित टिम, अनुशासित खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने साथै सेमिफाईनलमा पुगेका ४ टिमलाई एक÷एक सेट जर्सी वितरण गरिने आयोजक कमिटि स्टार स्पोर्टस क्लवका अध्यक्ष सूर्य अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने