• होमपेज
  • समाचार
  • विकास कोइरालाको कारवाही फुकुवा गर्न तरुण दलको माग

विकास कोइरालाको कारवाही फुकुवा गर्न तरुण दलको माग

  • आइतवार, भदौ १८, २०७४
विकास कोइरालाको कारवाही फुकुवा गर्न तरुण दलको माग

चितवन, भदौं १८–

नेपाल तरुण दल चितवनले युवा नेता विकास कोइरालामाथि गरिएको कारवाही फुकुवा गर्न माग गरेको छ ।

तरुण दल जिल्ला समितिको आज बसेको पूर्ण बैठकले नेता कोइरालाको कारवाही फुकुवा तत्काल गर्न माग गरेको हो । हालैसम्म स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस चितवनले अपेक्षित नतिजा हासिल गर्न नसक्नुमा कोइराला माथिको कारवाही नै भएको निश्कर्ष निकाल्दै तरुण दलले कारवाही फुकुवा गर्न माग गरेको तरुण दलका प्रवक्त रविन्द्र गौतमले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।

उहाँले मंसिरदेखि हुन लागेको प्रादेशिक र संघीय निर्वाचन अघि नै नेता कोइरालाको कारवाही फुकुवा गर्न माग गर्ने निर्णय गरिएको बताउनुभयो । प्रवक्ता गौतमले भन्नुभयो–“कोइरालामाथि लगाईएको प्रतिवन्ध तत्काल फुकुवा गर्न अध्यक्षलगायत सबै एकमत भएको छ, जतिसक्दो छिट्टो कारवाही फुकुवा गर्न माग गर्दछौं ।”

नेपाली काँग्रेस चितवनका पूर्व सभापति समेत रहनु भएका नेता कोइरालाले वि.सं.२०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं.४ बाट काँग्रेसका तत्कालिन केन्द्रीय सभापति शुशील कोइरालासंग बागी उम्मेद्वार बनेर चुनाव लडेपछि कोइरालालाई कारवाही गरिएको थियो । तरुण दलको बैठक अध्यक्ष राजन ताम्राकारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार