• होमपेज
  • समाचार
  • झापामा खोलाले बगाउँदा मृत्यु

झापामा खोलाले बगाउँदा मृत्यु

  • आइतवार, भदौ १८, २०७४
झापामा खोलाले बगाउँदा मृत्यु

बनियानी (झापा), भदौ १८ –

खोलाले बगाउँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

कनकाई नगरपालिका– ८ स्थित बिरिङ र टाङ्टिङ नदीको दोभानमा अर्जुनधारा नगरपालिका– ८ का गोपाल लोहारको शव भेटिएको छ । शनिबार साँझ खोलाले बगाउँदा उनी बेपत्ता भएका थिए ।

त्यस्तै कमल खोलाले बगाउँदा शिवसताक्षी नगरपालिका–३ का ७१ वर्षीय हस्तबहादुर लिम्बू बेपत्ता भएका छन् । खोला तर्ने क्रममा लिम्बूलाई बगाएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार