• होमपेज
  • समाचार
  • अछाममा सर्पको टोकाईबाट बालकको मृत्यु

अछाममा सर्पको टोकाईबाट बालकको मृत्यु

  • आइतवार, भदौ १८, २०७४
अछाममा सर्पको टोकाईबाट बालकको मृत्यु

अछाम, भदौ १८ –

सर्पको टोकाईबाट अछाममा एक बालकको ज्यान गएको छ ।
अछामको मंगलसैन नगरपालिका वडा नमबर ७ का तिते जनालाका छोरा ९ बर्षीय नबिन जनालको सर्पको टोकाईबाट ज्यान गएको हो ।

आफ्नै घरमा सुतिरहेको बेला शुक्रवार राती १ बजे बालकको गालामा सर्पले टोकेको थियो ।

राती अस्पताल पुर्याउन नसकेको र गाउँघरमै झारफुक गर्ने क्रममा आज बिहान करिब ७ बजे बालकको ज्यान गएको उनका आफन्त खड्के कामीले बताए ।

आमाबुवा दुवै कामको शिलशिलामा भारत रहेका र मृतक बालक आफ्नो हजुरआमासंग सुतिरहेका उनलाई सर्पले टोकेको केही समयपछि घाँटी दुखेको र पछि पेट दुख्दै बान्ता भएको आफन्तले जनाएका छन् ।

पाकेको मकै घरमा ल्याई फालेका र सर्प मकैमा लुकेको थियो । सर्प उनकी हजुरआमाको शरिरमा गएपछि थाहा भएको र पछि सर्पलाई मारेर गाडेको स्थानीय धनी जैसीले बताए ।

मृतक बालक नबिन जाल्पा माध्यामिक विद्यालयमा २ कक्षामा अध्ययनरत थिए ।

Facebook Comments

सम्बन्धित समाचार