काठमाडौं,भदौ १७ –
प्रमुख दल नेपाली काँग्रेसका नेता दिपक खड्काले काँग्रेस र माओवादी केन्द्रको गठबन्धन अझै दुई चार वर्ष जानुपर्ने बताएका छन् ।
शनिबार राजधानीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘काँग्रेस र माओवादी केन्द्रको गठबन्धन अझै दुई चार वर्ष जानुपर्छ, यही गठबन्धनवीच अहिलेको चुनावमा मात्रै नभएर आउने चुनावमा पनि तालमेल हुनुपर्छ र हुन्छ पनि ।’
खड्काले निर्वाचन आयोगले हतारमा निर्वाचन आचारसंहिता लागु गरेको भन्दै तत्काल उक्त आचारसंहिता फिर्ता लिनुपर्ने पनि बताए ।
उनले प्रदेश २ को निर्वाचनमा आफ्नो पार्टी नै पहिलो हुने जिकिर समेत गरे ।