• होमपेज
  • समाचार
  • आपूर्तिमन्त्री मण्डलले भने ‘भ्रष्टाचार गरेको प्रभाणित भए गोपाल खड्कालाई कारबाही गर्छु ‘

आपूर्तिमन्त्री मण्डलले भने ‘भ्रष्टाचार गरेको प्रभाणित भए गोपाल खड्कालाई कारबाही गर्छु ‘

  • शनिबार, भदौ १७, २०७४
आपूर्तिमन्त्री मण्डलले भने ‘भ्रष्टाचार गरेको प्रभाणित भए गोपाल खड्कालाई कारबाही गर्छु ‘

काठमाडौं,भदौ १७ –

आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अनियमितता गरेको भए कारबाही गरिने बताएका छन् । आयल निगमको जग्गा खरिद प्रक्रियामा निर्देशक खड्काले भ्रष्टाचार गरेको आरोपबारे बोल्दै मन्त्री मण्डलले भने, ‘अनियमितता गरेको प्रमाणित भएमात्रै कारवाही हुन्छ, अहिले नै मैले केही भन्न मिल्दैन ।’

रिपोर्टस क्लवमा शनिबार आयोजित साक्षात्कारमा उनले संसदको सार्वजनिक लेखा समितिमा अनियमितताको विषयमा केहि कमजोरी रहेको ठहर गर्दै अख्तियारमा पत्र पठाएको सुनेको तर मन्त्रालयमा बोधार्थ नआएको बताए ।

आयल निगमका कार्यकारी प्रमुखलाई कारबाही नै नगर्ने भनेर आफूले कहिल्यै नभनेको मन्त्री मण्डलले जिकिर गरे । उनले थपे, ‘तथ्य र प्रमाणले दोषी ठहरिए कारवाही हुन्छ, दोषी ठहरिए कारवाहीगर्ने कुरामा हामी कुनै हालतमा कम्प्रोमाइज गर्दैनौं ।’

त्यस्तै मन्त्री मण्डलले चाडपर्वको समयमा कृत्रिम अभाव, कालोबजारी र खाद्यान्नमा मिसावट गर्ने उद्योगपति, व्यापारीलाई कडाभन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले खाद्यान्नमा नाम चलेका ब्राण्डहरुले नै मिसावट गरेको भन्ने कुरा आफूहरुले थाहा पाएकोले त्यसको लागि ‘ल्याब टेष्ट’ गरेर प्रमाणित भए कारवाही गर्ने स्पष्ट पारे ।

उनले भने, ‘जनताको जीवनसँग प्रत्यक्ष जोडिएका अतिआवश्यक वस्तुहरुमा मिसावट गर्नेलाई हामी कुनै पनि हालतमा उन्मुक्ति दिँदैनौं, ठूला ठुला उद्योगपतिहरु कालोबजारीया, कृत्रिमअभाव र खाद्यान्नमा मिसावट गरेको भन्ने कुरा थाहा पाएका छौं, अब उनीहरुको नाम हामी छिट्टै सार्वजनिक गर्छौं र, कानूनी दायरामा ल्याएरै छाड्छौं ।’

Facebook Comments

सम्बन्धित समाचार