• होमपेज
  • समाचार
  • दशैंपछि वामदेव प्रधानमन्त्री बन्नुहुन्छ : फुयाँल

दशैंपछि वामदेव प्रधानमन्त्री बन्नुहुन्छ : फुयाँल

  • शनिबार, भदौ १७, २०७४
दशैंपछि वामदेव प्रधानमन्त्री बन्नुहुन्छ : फुयाँल

काठमाडौं, भदौ १७ –

नेकपा एमालेका नेता रामेश्वर फुयाँलले दशैंपछि एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
शनिबार राजधानीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले दशैंपछि एमालेको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । उनले भने, ‘स्वभाविक रुपमा अब सरकारको नेतृत्व एमालेले नै गर्ने हो, यो सरकार विघटन भएपछि एमालेकै नेतृत्वमा सरकार बन्ने हो, एमाले उपाध्यक्ष वामदेव गौतम अबको प्रधानमन्त्री बन्नुहुन्छ।’

नेता फुयाँलले प्रदेश नम्बर २ मा आफ्नो पार्टी नै पहिलो हुने दावी समेत गरे । उनले भने, ‘मुद्दाका हिसावले पनि मधेस र मधेसी जनताका लागि एमालेले जायज मुद्दाहरु बोकेको छ, त्यसैले एमाले पहिलो पार्टी बन्छ, जनताले बनाएर पठाउँछन् ।’

Facebook Comments

सम्बन्धित समाचार