• होमपेज
  • समाचार
  • झापामा लागुऔषधसहित युवक पक्राउ

झापामा लागुऔषधसहित युवक पक्राउ

  • शनिबार, भदौ १७, २०७४
झापामा लागुऔषधसहित युवक पक्राउ

बनियानी (झापा),भदौ १७ –

झापाको मेचीनगरस्थित काँकडभिट्टाबाट आज लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप गौशाला–९ का २३ वर्षीय विवेक मगर रहेको लागु औषध नियन्त्रण ब्युरो, काँकडभिट्टाका प्रहरी सहायक निरीक्षक देविरमण तिमल्सिनाले जानकारी दिनुभयो ।

ढाडमा टेपले बेरेर ल्याएको अवस्थामा उनको साथबाट डाइजेपाम, फेनारागन र लुपिजेसिक १९÷१९ थान फेला परेको थियो । – रासस

Facebook Comments

सम्बन्धित समाचार