• होमपेज
  • Uncategorized
  • चितवनका युवा पत्रकार सापकोटा सम्मानित

चितवनका युवा पत्रकार सापकोटा सम्मानित

  • शनिबार, भदौ १७, २०७४
चितवनका युवा पत्रकार सापकोटा सम्मानित

चितवन, भदौं १७–

व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरले चितवनका क्रियाशिल युवा पत्रकार होमनाथ सापकोटालाई सम्मान गरेको छ । पत्रकारिता मार्फत पशुपालको विकास र प्रर्बद्धको लागि भूमिका खेलेको भन्दै समाजले आफ्नो दोश्रो साधारण सभाको अबसरमा सापकोटालाई सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पशुपंछी विकास मन्त्रालयका सचिव युवक ध्वज जिसी, रत्ननगर नगरपालिकाका मेयर नारायण वन र समाजका अध्यक्ष किशोर बगालेले सापकोटालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । चितवन पोष्ट दैनिकका कार्यरत सापकोटा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष समेत हुन् ।

विगत १६ वर्षदेखि पत्रकारितामा क्रियाशिल पत्रकार सापकोटाले कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकता दिएर रिपोर्टिङ गर्दै आएका छन् । सो अवसरमा समाजले एक दर्जन बढि उत्कृष्ट पशुपालक किसानहरुलाई समेत सम्मान गरेको थियो ।

पशुपालक कृषक समाजको साधारण सभा

व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगरको दोश्रो वार्षिक साधारणसभा आज रत्ननगरमा सम्पन्न भएको छ । पशुपंछी विकास मन्त्रालयका सचिव युवक ध्वज जिसी प्रमुख अतिथि रहेको सो कार्यक्रममा समाजका अध्यक्ष किशोर बगालेले भावी कार्ययोजना तथा सचिव टोमराज भट्टराईले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा मन्त्रालयका सचिव जिसीले पशुपालनमा अनुदान भन्दा यन्त्रीकरण आवश्यक रहेको बताए । कार्यक्रममा एक दर्जन उत्कृष्ट किसानहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाश ढुंगेल, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, व्यवसायिक पशुपालक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरे, जिल्ला पशु सेवा कार्यायका प्रमुख डिल्लीराम सेढाई, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेब ढुंगाना, कालिका पशु विकास केन्द्रका सञ्चालक चेतप्रसाद भट्टराई, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे, माओवादी केन्द्रका नगर सहईन्चार्ज राजु अम्गाईलगायतले मन्तव्य राखेका थिए ।

व्यवसायिक पशुपालक कृषक समाज नगर समन्वय समिति रत्ननगका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष सत्यनारायण चौधरीले स्वागत मन्तव्य राखेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार