• होमपेज
  • Uncategorized
  • स्लो बाईक प्रतियोगितामा हेटौंडाका धिरेन्द्रमान पहिलो

स्लो बाईक प्रतियोगितामा हेटौंडाका धिरेन्द्रमान पहिलो

  • शनिबार, भदौ १७, २०७४
स्लो बाईक प्रतियोगितामा हेटौंडाका धिरेन्द्रमान पहिलो

चितवन, भदौं १७–

रोटर्‍याक्ट क्लव अफ भरतपुरको आयोजनामा शनिबार भएको स्लो बाईक प्रतियोगितामा हेटौंडाका धिरेन्द्रमान श्रेष्ठ प्रथम हुनुभएको छ । नारायणगढस्थित न्यूरोडमा आज विहान भएको प्रतियोगितामा ५० प्रतिस्पर्धीलाई पछि पार्दै धिरेन्द्र प्रथम भएका हुन् । उनले ७ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै प्रतियोगितामा नारायणगढ लंकुका नारायण श्रेष्ठ द्धितिय र न्यूरोडका दिनेश खनाल तृतीय भए । द्धितिय र तृतीय हुने दुवैले क्रमशः ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा सहभागिता हुन २ सय रुपैयाँ दर्ता शुल्क तोकिएको थियो छ । दर्ता शुल्कबाट उठेको रकमसहित तीन वटा क्लव मिलेर छिट्टै स्वास्थ्य शिविर समेत आयोजना गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सहयोगी संस्थाको रुपमा लियो क्लव अफ नारायणगढ बालकुमारी रहेको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा लायन्स क्लव अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुके, लायन्स क्लव अफ नारायणगढ संगमचोकका अध्यक्ष कपिलसागर कर्माचार्य, रोटर्‍याक्ट क्लव अफ भरतपुरका पूर्व अध्यक्ष शेरबहादुर पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको अफिसियल मिडियामा नारायणी अनलाईन डटकम र सिनर्जी एफ.एम रहेको थियो ।

प्रतियोगिता सुरु हुनुअघि नारायणगढ बजारमा ट्राफिक नियम सम्बन्धि प्ले कार्डसहितको र्‍याली निकालिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार