• होमपेज
  • समाचार
  • सर्लाहीको राजघाटमा करेन्ट लागेर एक युवकको मृत्यु, ४ चौपाय मरे

सर्लाहीको राजघाटमा करेन्ट लागेर एक युवकको मृत्यु, ४ चौपाय मरे

  • शनिबार, भदौ १७, २०७४
सर्लाहीको राजघाटमा करेन्ट लागेर एक युवकको मृत्यु, ४ चौपाय मरे

सर्लाही, भदौ १७ –

सर्लाहीको राजघाटमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

राजघाट– ९ बस्ने अजय कार्कीका १६ वर्षका छोरा दिपेश कार्कीको करेन्ट लागेर ज्यान गएको प्रहरी चौकी राजघाटले जनाएको छ ।

शुक्रबार साँझ घर अगाडीको बिजुलीको पोलमा विद्युत सर्ट भई आगो बलेको देखेर टिभीको ज्याक निकाल्न जाँदा करेन्ट लागेर गम्भीर घाईते भएका युवकलाई उपचारका लागि नमूना अस्पताल हरिवन ल्याउने क्रममा बाटैमा ज्यान गएको हो ।

यसैबीच सर्लाहीको गौरीशंकरमा करेन्ट लागेर ४ वटा चौपाय मरेका छन् । गएसाँझ जंगलमा चरेर फर्किदै गरेका तीन वटा गोरु र एउटा राँगा करेन्ट लागेर मरेको हो ।

गौरीशंकर–७ र ८ को सीमाना पर्ने लामा टोलमा ११ हजार भोल्टको तार अचानक चुडिँएर खस्दा सो घटना भएको स्थानीय भक्तबहादुर सिंदनले जानकारी दिए ।

उनका अनुसार करेन्ट लागेर स्थानीय विन्देश्वर महतोको एक हल गोरु, रामनरेश रायको एउटा गोरु र गंगा महतोको एउटा राँगा मरेका हुन् ।

घटनामा मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् । बिजुलीको तार चुँडीएर खसेको बारेमा गाउँलेहरुले नेपाल विद्युत प्राधिकरणमा जानकारी गराएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा