• होमपेज
  • समाचार
  • यस्ता हुनेछन् प्रदेश सभा र प्रतिनिधिसभाका मतपत्र

यस्ता हुनेछन् प्रदेश सभा र प्रतिनिधिसभाका मतपत्र

  • शनिबार, भदौ १७, २०७४
यस्ता हुनेछन् प्रदेश सभा र प्रतिनिधिसभाका मतपत्र

काठमाडौं,भदौं १७ –

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको मतपत्रको नमुना तयार पारेको छ। नयाँ ढाँचाअनुसार दुई प्रकारका मतपत्र प्रयोग हुनेछन्। दुईथरी मतपत्रमध्ये एउटा मतपत्र प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको हुनेछ। त्यसमा प्रदेश सभा र प्रतिनिधिसभाका लागि छुट्टाछुट्टै कोठा हुनेछन्।

आयोगको प्रारम्भिक ढाँचाअनुसार प्रतिनिधिसभामा कुनै एक दलको उम्मेदवारलाई मतदान गर्ने मतदाताले प्रदेश सभाको अर्को दलको उम्मेदवारलाई मतदान गर्न सक्नेछ। अर्को मतपत्र समानुपातिकको हुनेछ। जसमा प्रदेश सभा र प्रतिनिधिसभाको एकैपटक मतदान गर्न सकिनेछ।

मतदातामैत्री मतपत्र बनाउने

आयोगले मतपत्रलाई कसरी मतदातामैत्री बनाउन सकिन्छ भन्नेमा छलफल जारी राखेको छ। प्रदेश सभा सदस्यसम्बन्धी ऐन र प्रतिनिधिसभा सदस्यसम्बन्धी ऐन अहिलेसम्म संसद्बाट पारित हुन नसकेका कारण आयोगले मतपत्रको ढाँचा कस्तो बनाउने भन्ने निर्णय लिइनसकेको आयोग प्रवक्ता तथा सहसचिव नवराज ढकालले बताए । उनका अनुसार आयोग मतदातामैत्री मतपत्र बनाउने तयारीमा अघि बढेको छ।

पूर्वप्रमुख आयुक्तसँग छलफल

निर्वाचन आयोगले मतपत्रको ढाँचाबारे शुक्रबार पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठ र नीलकण्ठ उप्रेतीसँग छलफल गरेको थियो। उनीहरूले मतपत्र मतदातामैत्री बनाउन सुझाब दिएका थिए। प्रत्यक्षतर्फको मतपत्रमा एउटा लाइनमा प्रतिनिधिसभा र अर्को लाइनमा प्रदेश सभाको हुने गरी ढाँचा तयार गर्न सुझाब दिएका थिए।

यस्तो हुनेछ मतपत्रको आकारप्रकार ?

मतपत्रको आकारप्रकारबारे आयोग प्रस्ट भइसकेको छैन। समानुपातिकतर्फको मतपत्रका विषयमा आयोग समस्यामा परेको छ। प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि ९५ दल दर्ता भएका छन्। ती सबै दलले निर्वाचनमा भाग लिने भएकाले सबैलाई समेट्दा मतपत्र निकै ठूलो हुनेछ । समानुपातिकतर्फका उम्मेदवारको नामावलीको बन्दसूची माग गर्दा कति दलले भाग लिन्छन्, त्यसपछि मात्र मतपत्रमा कति निर्वाचन चिह्न राख्ने भन्ने टुंगो लाग्नेछ । आयोगले बन्दसूची माग गर्दा दलको संख्या घट्ने विश्वास गरेको छ।

मतपत्रको रङबारे छलफल जारी

मतपत्रको रङ कस्तो राख्ने भन्नेमा आयोग टुंगोमा पुगिसकेको छैन। प्रत्यक्षतर्फको निर्वाचनका लागि एउटै पानामा प्रदेश सभा र प्रतिनिधिसभाको दुईवटा मतपत्र हुने भएपछि कसरी फरक रङ गर्ने भन्नेमा छलफल भइरहेको आयुक्त नरेन्द्र दाहालले बताए।

आयोगको टोली प्रदेश नम्बर २ मा

निर्वाचन आयोगका आयुक्तसहितको टोली शनिबार प्रदेश नम्बर २ मा जाँदै छ। निर्वाचन तयारीको अनुगमनका लागि आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरप्रसाद शाह जाँदै छन्। उनीहरूसँगै आयोगका १८ कर्मचारी पनि जिल्ला अनुगमनमा जानेछन्। निर्वाचन आचारसंहिता उल्लंघनमा कडाइ गर्ने आयुक्त सुधीरकुमार शाहले बताए।
नयाँपत्रिका दैनिकमा समाचार छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा