• होमपेज
  • समाचार
  • तराईमा आगलागीका घटना कम हुने

तराईमा आगलागीका घटना कम हुने

  • शुक्रबार, भदौ १६, २०७४
तराईमा आगलागीका घटना कम हुने

ललितपुर, भदौ १६ –

तराईमा अब आगलागीको घटना कम हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान९नाष्ट०ले स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट नै आगलागी नियन्त्रण हुने घरको सफल परीक्षण गरेकाले आगलागी कम हुने भएको हो ।

नाष्टअन्तर्गतको प्रविधि महाशाखा प्रमुख डा सुरेशकुमार ढुंगेलले खरको छानामा माथिबाट माटोले लिप्सँदा छानामा आगलागी हुन नपाउने बताउनुभयो । खरको छानाको माथिबाट भूस र लेसाइलो माटो मुछेर लगाउनुपर्ने बताउनुभयो ।

त्यसको माथि प्लास्टिकले छोपेर माटो बग्न नदिन सकिन्छ । उहाँ भन्नुहुन्छ, “यसो गर्दा माथिबाट अक्सिजन प्रवाह हुन नपाउँदा आगलागीको सम्भावना रहँदैन ।”

यी घर तराईका विपन्न वर्गलाई लक्षित गरिएको प्रतिष्ठानले जनाएको छ । दुई÷तीन हजार रुपैयाँ खर्च गर्दा घर आगलागीबाट बच्नसक्ने ढुंगेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खर र माटो स्थानीयस्तरमा नै पाइन्छ स्थानीयवासीले प्लास्टिक किन्ने र श्रमदान गरे पुग्छ ।” यसरी बनेको घर न्यानो हुने र आयु बढ्नेछ । स्थानीयवासीले बनाउने तरिकामा प्रविधि थप गर्दा मट्टितेल छर्दा समेत आगो नलाग्ने प्रतिष्ठानको दाबी छ ।

सफल परीक्षणपछि यो प्रविधि झण्डै १३ वटा जिल्लामा प्रदर्शनी गरिसकेको छ । स्थानीय निकायसँगको सहकार्यमा तराईका ग्रामीण बस्तीसम्म यसलाई फैलाइने उहाँ बताउनुहुन्छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि