• होमपेज
  • समाचार
  • सशस्त्रको सेटिङमा विमानस्थलबाट सुन तस्करी

सशस्त्रको सेटिङमा विमानस्थलबाट सुन तस्करी

  • शुक्रबार, भदौ १६, २०७४
सशस्त्रको सेटिङमा विमानस्थलबाट सुन तस्करी

काठमाडौं, भदौं १६-

प्रहरीका उच्च अधिकारीहरू नै पक्राउ परे पनि विमानस्थलबाट सुन तस्करी रोकिएको छैन। पछिल्लोपटक विमानस्थलमा खटिएका सशस्त्र प्रहरीले सुन तस्करीमा सहयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ। गत पुसमा प्रहरीले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा विमानस्थलका प्रहरी अधिकारी तथा भन्सार अधिकृतहरूको मिलेमतो खुलेको थियो। करिब दुई किलो अवैध सुनसहित पक्राउ परेका सशस्त्र प्रहरीका सइ सञ्जीव मानन्धरसहित तीनजनालाई पुर्पक्षका लागि जेल चलान भएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

गत १६ साउनमा प्रहरीले विमानस्थलबाटै दुई किलो सुनसहित सइ मानन्धर, लेखबहादुर रजाली र पार्वती गुरुङलाई पक्राउ परेको थियो। रजालीले विदेशबाट ल्याएको सुन सइ मानन्धरले एयरपोर्टबाट पास गराउन खोज्ने क्रममा उनीहरू पक्राउ परेका थिए। थप अनुसन्धानका लागि तीनैजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको भन्सार कार्यालय विमानस्थलका प्रमुख नारायण सापकोटाले बताए। सइ मानन्धरले पटक–पटक विमानस्थलबाट सुन पास गराउने सूचनाका आधारमा प्रहरीले उनलाई पिछा गरी पक्राउ गरेको थियो।

मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए। प्रहरी अनुसन्धानअनुसार सो सुन पास गराउने जिम्मा सइ मानन्धरले लिएका थिए। उनी सुन लिन शौचालय गएकोमा प्रहरीलाई देखेपछि हच्किएका थिए। पछि पक्राउ परेका रजालीले उनीमार्फत नै आफूले सुन पास गर्न खोजेको बताएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

रजाली र सइ मानन्धरबीच पटक–पटक फोनमा कुरा भएको थियो। सशस्त्रका सइले पटक–पटक विमानस्थलबाट सुन तस्करीमा सहयोग गरेको बयान रजालीले दिएका छन्। उनी पछिल्लो ६ महिनामा १४ पटक मलेसिया तथा दुबई गइसकेका थिए। सुन तस्करीकै लागि उनी त्यसरी पटक–पटक विदेश जाने गरेको प्रहरी आशंका छ। उनले सुन आफ्नै भएको र प्रहरीसँग मिलेर तस्करी गर्दै आएको बयान दिएका छन्। बयानका क्रममा सइ मानन्धरले आफ्नो संलग्नता नरहेको दाबी गरे पनि उनको संलग्नताको थप प्रमाण खोज्ने काम भइरहेको भन्सार प्रमुख सापकोटाले बताए। मानन्धर १० वर्षदेखि विमानस्थलमै कार्यरत थिए।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा