• होमपेज
  • समाचार
  • महिलालाई प्रधानसेनापति बन्ने बाटो खुल्यो

महिलालाई प्रधानसेनापति बन्ने बाटो खुल्यो

  • शुक्रबार, भदौ १६, २०७४
महिलालाई प्रधानसेनापति बन्ने बाटो खुल्यो

काठमाडौं, भदौं १६-

२ सय ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनामा महिला सैनिकलाई सेनापति बन्नसक्नेसम्म बाटो खुला भएको छ । २०७४ सालदेखि सैनिक कमान्ड तथा स्टाफ कलेजको प्रवेश परीक्षामा महिला सैनिकलाई सरिक गराउने निर्णय भएसँगै महिलासमेत प्रधानसेनापति बन्न सक्ने अवसर सिर्जना भएको हो । यो प्रावधानसँगै महिला सैनिकले सेनाको उच्च तहको नेतृत्व अवसर पाउने भएका हुन् । यो खबर रामसूधन तिमल्सिनाले आजको राजधानी दैनिकमा खबर लेखेका छन्।

नेपाली सेनामा स्टाफ कलेज उत्तीर्ण गर्न जटिल तथा चुनौतीपूर्ण छ । स्टाफ कलेज उत्तीर्णहरूले आन्तरिक तथा बाह्य सुरक्षा अवस्थाको मूल्यांकन गर्न, आन्तरिक योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि विकासमा भूमिका खेल्ने गर्छ ।

सैनिक संगठन निर्देशनालयका प्रमुख सेनानी इन्द्रकुमार रानाभाट महिला सैनिकलाई पुरुष अधिकृतसरह माथि जाने अवसर पाप्त भएको बताउँछन् । ‘सेनामा समावेशिता र महिला सहभागितालाई महŒव दिइएको छ । अब पुरुषसरह उच्च तहको नेतृत्व गर्न सक्नेछन्,’ उनले भने ।

यही वर्ष सेनामा महिलाका लागि महिलाकै नेतृत्वमा छुट्टै गुल्मसमेत स्थापना भएको छ । गोरखकाली महिला गुल्मको गुल्मपति मेजर सृष्टि खड्का छिन् । हाल उनको नेतृत्वमा सो गुल्ममा १ सय ४० महिला सैनिक रहेका छन् । सेनामा हाल ४ हजार ८ सय महिला सैनिक कार्यरत रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सेनानी बिमलराज शर्मा बताउँछन् । पुरुषको संगठनका रूपमा रहेको सेनामा महिला सैनिकको प्रवेशलाई सहज र सुरक्षित महसुस बनाउनका लागि लैंगिक आचरणसम्बन्धी निर्देशिका, २०७० लागू गरिएको छ ।

जसले सेनामा महिलाको प्रवेशलाई सहज बनाएको रानाभाट बताउँछन् । ‘महिलामैत्री वातावरण सिर्जना गर्नका लागि यो निर्देशिकाले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनी भन्छन् । उसो त सैनिक सेवामा महिलाको प्रवेश २०१७ सालबाट नै सैनिक उपचारिकाको रूपमा भएको हो । २०२१ सालमा प्यारा फोहडर, २०२५ मा चिकित्सकका रूपमा महिलाको सेनामा प्रवेश भएको हो । प्राड (कानुन) का रूपमा २०५४ सालमा महिलाले सेनामा कार्य गरेका छन् । इन्जिनियर, कर्मचारी साधारण सेवातर्फ भने २०६० सालमा मात्र महिलाको प्रवेश भएको हो । साधारण अधिकृत २०६१ सालमा र वायुसेवातर्फ २०६७ सालमा महिलाको प्रवेश भएको देखिन्छ ।

हाल सेनामा सहभागी महिलामध्ये सबैभन्दा बढी सिपाहीमा छन् । कुल महिलामध्ये ५० प्रतिशत महिला सिपाहीमा रहेको र बिल्लादारमा २८ प्रतिशत रहेको रानाभाट बताउँछन् । उनका अनुसार अधिकृततर्फ ७ प्रतिशत, पदिकतर्फ ६ प्रतिशत, सैन्यमा ५ र फलोअर्सतर्फ कुल महिलामध्ये ५ प्रतिशत रहेका छन् ।

सेनामा समावेशिताका लागि महिला, आदिवासी, मधेसी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा निर्धारण भएकाले पनि महिला सहभागिता वृद्धि हुँदै गएको हो । ‘कुल भर्नाको ४५ प्रतिशत समावेशिताका लागि छुट्ट्याइन्छ । त्यसलाई सय प्रतिशत मानेर महिलाका लागि २० प्रतिशत कोटा हुन्छ,’ रानाभाट भन्छन् । हाल सेनामा महिलाको सहभागिता ५ प्रतिशत रहेको छ । जनजाति ३४ प्रतिशत छन् भने मधेसीको सहभागिता १० प्रतिशत छ । दलित ७ र अन्य ४१ प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा