• होमपेज
  • अन्तरवार्ता
  • मेरो लक्ष्य दौड भन्दा पनि नतिजामा केन्द्रित रहने छ

मेरो लक्ष्य दौड भन्दा पनि नतिजामा केन्द्रित रहने छ

  • शुक्रबार, साउन २८, २०७३
मेरो लक्ष्य दौड भन्दा पनि नतिजामा केन्द्रित रहने छ

बैंक अफ काठमाण्डू लुम्बिनी लि. को पछिल्लो वित्तिय अवस्था कस्तो छ ?
मर्जर पश्चात यस बैंकको कूल निक्षेप तथा कर्जा लगानी क्रमशः रु. ६९ अर्ब र रु. ६० अर्ब पुग्न गएको छ । दुबै बैंकले चालू आर्थिक वर्षको तेश्रो त्रयमास सम्म आर्जन गरेको खुद मुनाफा रकमलाई जोड्दा रु ७५ करोड ८१ लाख हुन्छ । तसर्थ, दुई बैंक एकीकृत भएपश्चात मुनाफा आर्जन गर्ने दृष्टिकोणले पनि सवल भएको छ ।

मर्जरपछि बैंकका शाखा सञ्जाल, ए.टि.एम., शाखा रहित बैंकिङ आदि जस्ता महत्वपूर्ण कूरा कति पगेको छ ?
मर्जरपछि बैंकले ७४ शाखा, ६१ ए.टि.एम. तथा ३९ शाखा रहित सेवा केन्द्रबाट आफ्ना विभिन्न सेवा पुर्याउन सक्ने भएको छ । तीमध्ये केीह शाखाहरु दोहरिएको कारण आगामी दिनमा स्थानान्तरण गरिनेछ भने केही स्थानमा थप ए.टि.एम. पनि रखिनेछ ।

दुई बैंक मर्जपछि पुँजी कति पुग्यो ? अब बाँकँ पुँजी पुर्याउन के कस्ता योजना छन् ?
मर्जपछि बैंकको चुक्ता पुँजी रु. ४ अर्ब ५७ करोड पुगेको छ । साथै, शेयर स्वाप अनुपातको कारण पुँजीगत जगेडा कोषमा करिब रु.३९ करोडजम्मा भएको छ । यसको अलावा, बैंकलाई आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ को मुनाफाबाट पनि केही रकम पुँजीकृत गर्ने अवसर मिल्नेछ । वितरण योग्य कोषहरुलाई पुँजीकृत गरी बाँकी चुक्ता पुँजी नपुग हुन गएमा बैंकले विभिन्न विकल्पहरु आप्mनो पूँजी योजनामार्पmत सार्वजनिक गरिसकेको छ जसमध्ये उपयुक्त स्रोेत वा स्रोतहरुको चयन गरिनेछ ।

तपाइँ बैंकको सि.इ.ओ. बन्नु भएको छ । फेरी पनि अब बैंक टप १० मा पुर्याउने तपाइका योजना के कस्ता छन् ?यस प्रश्नमा टप १० को मापदण्ड के हो म प्रष्ट भइन । तर, मेरो लक्ष्य दौड भन्दा पनि नतिजामा केन्द्रित रहने छ । यस बैंकले अर्थतन्त्रमा सकारात्मक भुमिका पु¥याउदै सबै सरोकारवालाको चाहना अनुरुप काम गर्ने उद्देश्य लिएको छ जसतर्पm मेरो ध्यान सबै भन्दा बढी केन्द्रित रहनेछ ।

आगामी दिन के कस्ता प्रोडक्ट बजारमा ल्याउने सोच बनाउनु भएको छ ?
मर्जपछि बैंकको सञ्जाल विस्तार भएको छ । मर्जर हुनु अघि दुबै बैंकले आ–आफ्ना सेवाहरु सिमितसञ्जालबाट ग्राहक समक्ष पुर्याइराखेकोमा अब एकीकृत बैंकको विस्तारित संरचनालाई उपयोग गर्न सकिने अवसर मिलेको छ । तसर्थ, बैंकको ध्यान सर्वप्रथम भएका सेवाहरुलाई विस्तारित सञ्जाल मार्पmत ग्राहक समक्ष पुर्याउने तर्पm केन्द्रित रहनेछ । त्यसबाहेक ग्राहक संख्या बृद्धि गर्न उपयोगी प्रडक्टहरुहरु तयार गरीलागू गर्ने प्रयास पनि गरिनेछ ।

तपाईको बैंक प्रतिको जिम्मेवारी बढेको छ । दुई वटा वाणिज्य बैंक मिली बैंक ठूलो भएको छ । मर्जरलाई कसरी व्यवस्थापन गर्नुभयो र नेपाली लगानीकर्तालाई आगामी दिनमा कस्तो प्रतिफल दिने सोच बनाउनु भएको छ ?
लक्ष्य प्राप्त गर्न दृढ भई काम गरेमा जस्तो गहारो काम पनि सफलताका साथ सम्पन्न गर्न सकिने रहेछ भन्ने सिख मैले यस मर्जरबाट लिएको छु । यस प्रक्रियामा संलग्न सबैले सकारात्मक सोच राखी आ–आफ्नो जिम्मेवारी पूरा गर्न सकेका कारण छोटो समयमा लक्ष्य प्राप्त गर्न सफल भएको हो ।

साथै, मर्जरको सबैभन्दा संवेदनशिल विषय अर्थात शेयर स्वाप अनुपातलाई समझदारी पत्रमा हस्ताक्षर गर्न पूर्व नै डि.डि.ए. गराई दुबै पक्षले सहमति गरेको कारण पनि यो काम छोटो समयमा सम्पन्न गर्न ठूलो सहयोग मिलेको थियो । फेरि, दुवै बैंकका कर्मचारीहरुले मर्जरका निमित्त सही वातारण निर्माण गरेको कारण पनि यो कार्य सफल भएको हो ।

दुबै बैंक एक समयमा अप्ठेरोमा परेका संस्था हुन् । अब बैंकलाई राम्रो बनाउन तपाईले के गर्नु हुनेछ ?
दुबै बैंकका विगतका अनुभव समान रहेको कारण पनि मर्जरमा भावनात्मक एकरुपता बनाउन सहज भएको हुनु सक्दछ । तर, इतिहास समान भएर मात्र आगामी दिनको लक्ष्य प्राप्त हुदैन । तसर्थ, सवैका भावनात्मक दुरी हटाई सशक्त टिमवर्कका साथ बैंकको लक्ष्य प्राप्त गर्ने तर्फ निरन्तर अघि बढ्ने सोच मैले बनाएको छु ।

मर्जरबाट हुन सक्ने फाइदालाई चाढो भन्दा चाढो वास्तविकताका परिणत गर्न मेरो पहिलो प्राथमिकता हुनेछ । मर्जर पहिलेको बैंक आफ काठमाण्डू देशको पश्चिम क्षेत्रमा र लुम्बिनी बैंक मध्य क्षेत्रमा राम्रो कारोवार तथा भएको कारण मर्जरबाट समग्रमा राम्रो सिनर्जी हुन सकिने सम्भावना रहेको छ । बैंकको भौगोलिक तथा कारोवार क्षेत्रमा विविधता ल्याई आम ग्राहकमा अझ बढी सेवा पुर्याउने लक्ष्य यस बैंकले लिएको छ ।

प्रसंग बदलौं, ६० प्रतिशत नेपाली जनतालाई बैंकि· पहुंच पुर्याउन के गर्नु पर्ला ?
देशमा बैकिङ पहुँचलाई सुधार गर्नुपर्दा भौगोलिक रुपमा बैंकहरुले शाखा तथा शाखारहित बैंकिङ सेवाको माध्यमबाट सेवाको विस्तार गरिरहेका छन् । दुर्गम जिल्लामा समेत यी सेवाहरुको विकास भइरहेको छ । त्यसैगरी कार्ड, ए.टि.एम. तथा मोबाइल बैंकिङ जस्ता सेवाहरुको पनि विकास भइरहेको छ ।

विगत २५ वर्षको दौरान यी सेवाहरुमा उल्लेख्य विस्तार भएको छ । सेवामा विस्तारका साथै ग्राहकहरुमा वित्तीय ज्ञानको पनि अभिवृद्धि हुनु आवश्यक हुन्छ । गाँउघरमा अहिले पनि बैंकमा निक्षेप राख्दा वा कर्जा लिदां हुने फायदाबारे राम्रो ज्ञानको अभाव छ । यसको विकासमा बैंकले बैंक तथा वित्तीय संस्थाहरुले महत्वपूर्ण भुमिका खेल्न सक्छ ।

त्यसका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ती संस्थाहरुले बजेट छुट्ट्याउन आवश्यक छ । यसबाट तिनिहरुले समग्र वित्तीय बजारको विस्तार हुने दुरगामी लक्ष्य लिनु पर्दछ । साथै, बजारको माग अनुसारको सेवा तथा प्रडक्ट पनि विकास गर्नु जरुरी हुन्छ ।

राष्ट्र बैंकले हालै जारी गरेको मौकि नीतिले बैंकहरुलाई कस्तो असर पर्ला ?
मौद्रिक नीतिले लिएको तरलता व्यवस्थापन सम्बन्धी नीतिहरुले सकारात्मक असर पार्ला जस्तो लाग्छ । वित्तीय पहुंच सम्बन्धी नीतिले भने कर्जा विस्तारमा प्रभाव पर्न सक्छ ।

विपन्न वर्गका ग्राहकमा कूल कर्जाको दुई प्रतिशत कर्जा सोझै लगानी गर्नु पर्ने प्रावधानले केही समस्या पर्न सक्ने अनुमान गर्न सकिन्छ । सबै बैंकहरुका एउटै रणनीति छैनन् । साना कर्जा प्रवाह गर्न बैंकको संरचना, प्रडक्ट, कर्मचारी तालिम आदी जस्ता क्षेत्रमा सुधारको आवश्यकताहुन्छ । यी सबै कुरा भन्ने वित्तिकै व्यवस्थापन गर्न सकिदैन । यिनीहरु बिना कर्जा विस्तार गर्ने तर्पm अग्रसर हुंदा खराब कर्जाको अनुपाप बढ्न सक्दछ ।

यसको साथै, हाल देशमा लघुवित्त कारोवार गर्ने वित्तिय संस्थाहरु पनि बढेका छन् । वाणिज्य बैंक तथा ती संस्थाहरु बिचका कार्यक्षेत्र अलगभएमा आ–आफ्ना क्षेत्रमा दक्षता हासिल गरी समग्रमा राम्रो हुने देखिन्छ । सबै खाले संस्था एउटै बजारमा प्रतिस्पर्धा गर्नु परेमा विकृति सृजना हुने सम्भावना बढ्न सक्छ ।

अहिले नै लघुवित्त कारोवार गरिएका क्षेत्रमा एकै ग्राहकले विभिन्न लघुवित्त संस्थासँग कर्जा उपयोग गरेका कारण समस्या उत्पन्न भएको समाचार सुनिराखिएको छ जुन अझ बढ्न जाने सम्भावना हुनेछ ।

बैंकहरु नाफामूखी भएको सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा नलागेको आरोप पनि छ नी ?
यस देशमा पुँजीको दृष्टिकोणले उच्च पुँजी भएको व्यवसाय बैंक तथा वित्तीय संस्थालाई मान्नु पर्छ । यस क्षेत्रले पूँजी बजारको अधिक अंश ओगटेको छ ।

सा–साना लगानीकर्ताको पुँजी पनि यसै क्षेत्रले परिचालन गरेको छ । तसर्थ, नाफाको रकमलाई एकतर्फी रुपमा मात्र हेरी बढी नाफा भयो भनी भन्न मिल्दैन । तिनीहरुले लगानीमा प्रदान गर्ने अनुपात हेर्दा औसत १० देखि २० प्रतिशत मात्र रहेको छ । तसर्थ, यसलाई बढी भयो भन्नु मिल्दैन ।

आफ्नो व्यवसायसँग असम्बन्धित क्षेत्रमा प्रदान गरिएको चन्दा तथा सहयोगलाई सही मानेमा सामाजिक उत्तरदायित्व अन्तर्गतका पहल भन्नु मिल्दैन । तसर्थ, बैंकहरुले त्यसलाई ध्यानमा राखी आगामी दिनमा सम्बन्धित क्षेत्रका समाजमा योगदान पुर्याएमा यस बारे गरिने नाकारत्मक टिप्पणीलाई उचित जवाफ दिन सक्नेछन् जस्तो लाग्छ ।

अरु बैंकले अर्ब नाफा कमाएको रिजल्ट आयो, तपाईको बैंकको नाफा कति छ ?
यस बैंकको पनि एकीकृत कारोवार पश्चात एक अर्ब भन्दा बढि खुद मुनाफा आर्जन गर्ने क्षमता भएको छ ।

मेलम्चीको चिनिया ठेकेदार कम्पनीलाई धरौटी वापत दिएको पैसा उठाउनु भयो ?
मेलम्ची खानेपानी आयोजनालाई चिनियाँ बैंक – चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर जमानीमा यस बैंकले दिएको जमानी उपर दाबी परी आयोजनालाई भुक्तानी गरेको रकम चिनिया बैंकबाट हाल सम्म प्राप्त भएको छैन । यस विषयमा त्यस आयोजनाकाविगतका चिनियाँ ठेकेदारले चिनको एक अदालतमा फ्रड दाबी भएको भनी राखेको मुद्दामा फ्रड भएको र भुक्तानी गर्नु नपर्ने निर्णय भएपछि त्यस जमानीमा संलग्न नेपाल र चीनका तीन बैंकले त्यहांको उपल्लो अदालतमा रीठ राखेको छ ।

मुद्दामा मुख्य विपक्षी बनाइएको मेलम्ची आयोजना भने हाल सम्म मुद्दामा सहभागी भएको छैन । यो मुद्दा हाल सम्म त्यस अदालतमा विचाराधिन अवस्थामा रहेको छ । अदालती प्रकृयाका साथै कुटनैतिक पहलबाट पनि यसमा समाधान खोज्न बैंकले विभिन्न प्रयास गरेको छ ।

तर, अहिले सम्म यसबाट पनिकुनै ठोस प्रगती हासिल भएको छैन । बैंकको कुनै त्रुटि बिना पर्न गएको यस अप्ठ्याराले नेपालको लागि विदेशी काउन्टर जमानीमा यहाँका बैकले दिने जमानीमा हुने जोखिमलाई औलाएको छ । तर, ग्लोबल टेन्डर अन्तर्गत गरिने ठूला कारोवारमा यो मात्र उपाय रहेको सन्धर्भमा सबै सरोकारवाला मिलेर समस्याको समाधान खोज्नु पर्दछ भन्ने मलाई लाग्छ ।

बैंकहरुले नाफा मात्र कमाउनुको कारण के हो ?
मैले अघि नै भनी सकें नाफालाई रकममा हेर्नु भन्दा प्रतिफलको आधारमा पनि मापन गर्नु उचित हुनेछ । पुँजीको मात्रा बढिरहेको परिप्रेक्ष्यमा प्रतिफललाई हेर्दा नाफाको मात्रा अधिक छैन भन्ने मेरो धारणा छ ।

राष्ट्र निर्माणमा बैंक तथा बैंकरको भुमिका कस्तो हुनु पर्दछ ?
बैंकको आफ्नै बजार हुदैन । अर्थतन्त्रका अन्य क्षेत्रलाई वित्तिय सेवा प्रदान गरी तिनिहरु कारोवार गर्ने गर्दछ । तसर्थ, समग्र अर्थतन्त्रको विकास भएमा मात्र यस क्षेत्रको पनि विकास हुन सक्दछ । अर्थतन्त्रको सबै आवश्यकतालाई यस क्षेत्रले परिपूर्ति गर्न भने सक्दैन ।

बजार, पहुँच, वित्त, भण्डारण, यातायात आदी मध्ये वित्तिय आवश्यकतालाई मात्र यसले पूरा गर्न सक्दछ । तर, बैंकहरुले त्यस्ता आवश्यकताहरु पूरा गर्ने गतिविधिलाई पनि वित्तीय सुविधा पुर्याई समग्र अर्थतन्त्रमा सकारात्मक योगदान भने पुर्याउन सक्दछ । तसर्थ, बैंक तथा बैंकरले चलेको क्षेत्रमा मात्र आप्mनो सेवा केन्द्रित नगरी विकास गर्नु पर्ने क्षेत्रलाई पनि वित्तस्य सेवा पु¥याउनेतर्पm आफ्नो ध्यान केन्द्रित गर्नु पर्दछ ।

विपन्न वर्ग कर्जा, कृषि कर्जा जस्ता ग्रामिण जनतालाई दिइने कर्जा किन नबढेको होला ?
विपन्न वर्ग कर्जामा सबै जसो बैंकले निर्देशित सीमा सम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कर्जा प्रवाह गरिरहेका छन् । हाल देशमा लघुवित्त कारोवार गर्ने संस्थाहरुले राम्ररी साना कर्जा विस्तार गरिरहेका छन् । ठूला वाणिज्य बैंकसँग कम लागतको कोष हुने गर्दछ । तर, तिनिहरुको साना कर्जा बजारमा पहुँच हुदैन । तिनीहरुले लघुवित्त संस्थाको माध्यमबाट ती कोष परिचालन गरिरहेका छन् ।

कृषि कर्जाको हकमा देशमा संरचनात्मक कठिनाइहरु छन् । धेरै किसानसँग आर्थिकरुपमा फायदा गर्न चाहिने मात्रामा जग्गा छैन । हुनेले कृषिलाई व्यवसायको रुपमा उपयोग गरेका छैनन् । उत्पादन गरिने बालीमा धान, गहुँ, मकै आदी जस्तामात्र अधिक पर्दछ ।

यी बालीहरु प्रायशः उत्पादन हुनु अघी नै विचौलियालाई बिक्री गरिसकिएको हुन्छ जसको उचित मूल्य प्राप्त नहुनु सक्दछ । उपभोक्तासम्म सामान पुग्न अघी धेरै विचौलियाहरुको प्रयोग भएको पाइन्छ । यिनै कारण बैंकहरुलाई कृषि क्षेत्रमा तल्लो तहका किसानलाई लगानी गर्न गहारो भइरहेको छ ।

भूकम्प पीडितलाई दिइने २ प्रतिशतको कर्जा कति लगानी भयो ?
यस अन्तर्गत प्रदान गरिने कर्जामा प्रक्रियाको कठिनाइका कारण सोचे अनुरुपको कर्जा प्रवाह हुन सकेको छैन ।

घर अपार्टमेन्ट कर्जामा अहिले कमी आएको हो ?
यी कर्जाहरु बजारमा भएको तरलतामा पनि भर पर्ने गरेको छ । तरलता बढेको अवस्थामा यी कर्जाको व्याजदर घट्ने हुंदा माग पनि बढ्ने गर्दछ । विगतको वर्षको यस वेलाको तुलनामा अहिले तरलता अलि घटेको कारण यस कारोवारमा प्रभाव परेको हुन सक्दछ । तर, यो बजारको स्वभाविक उतार चढाव मात्र हो जस्तो लाग्छ ।

अब लगानीका अवसर के के हुन सक्दछन् त ?
देशको अर्थतन्त्र हाल सम्म व्यापारमूखी रहेको कारण बैंकहरुको कर्जा लगानी पनि व्यापार सम्बन्धी कृयाकलापमा केन्द्रित रहेको छ । तसर्थ, नेपाल राष्ट्र बैंकले तोकेको उत्पादनशिल क्षेत्रमा कूल कर्जाको २० प्रतिशत पुर्याउनु पर्ने प्रावधान पुरा गर्न पनि गहारो भइरहेको छ ।

तर, यसबाट लगानीको क्षेत्र विस्तार गर्ने सम्बन्धमा भने बल मिलेको छ । तसर्थ, आगामी दिन बैंकहरुले निरन्तर नयाँ क्षेत्रमा लगानी गर्ने सोच बनाउँछ जस्तो मलाई लाग्छ । कृषि, सेवा, उर्जा आदी जस्ता क्षेत्रहरु त्यसमा प्रमुख हुन्छन् जस्तो लाग्छ ।

अन्तमा केही भन्नु छ ?
बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड मर्जर पश्चात देशको ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ । आगामी दिनमा यसले आफ्नो कारोवारको दायरा अझ बढाई लगानीकर्तालाई प्रतिफल दिने तथा अर्थतन्त्रमा पनि राम्रो योगदान दिन सक्नेछ भन्ने विश्वास लिएको छु ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा