• होमपेज
  • समाचार
  • एनआई सी एशिया बैंकमा नयाँ सुविधा

एनआई सी एशिया बैंकमा नयाँ सुविधा

  • शुक्रबार, असार ६, २०७६
एनआई सी एशिया बैंकमा नयाँ सुविधा

एनआईसी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो eSewa  खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ ।

हाल ग्राहकले आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा  गर्न सक्ने व्यबस्था थियो भने अब“eSewa Counter Deposit” को सेवाबाट पनि eSewa को एजेन्ट तथा ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै  शाखामा गई काउण्टरबाट नै eSewa मा रकम जम्मा गर्न सक्ने जनाइएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार