• होमपेज
  • ब्रेक्इङ न्युज
  • विकास बैंकका एक दर्जन माग

विकास बैंकका एक दर्जन माग

  • शुक्रबार, असार ६, २०७६
विकास बैंकका एक दर्जन माग

नेपालकै राष्ट्रिय स्तरका ३१ विकास बैंकहरुले आउँदै गरेको मौद्रिक नीतिमा १ दर्जन आफ्ना माग पेश गरेका छन् । विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोशियसनले बिग मर्जमा जाने भए विकास बैंकहरुलाई पनि विभिन्न सहुलियत हुनु पर्ने माग अगाडी सारेका छन् ।

डेभलपमेन्ट बैंकर्स एसोसिएसनले मर्जरका लागि सहुलियतको माग गर्दै अन्य ११ बुँदे सुझाब राष्ट्र बैंक पठाएको छ । मागमा संघले बिग मर्जरको बिषय उठान गर्नुका साथै ब्याजदर अन्तर (स्प्रेड दर) देखि शाखा बिस्तारसम्म सहुलियत माग गरेका हुन् । यसका साथै संघले मर्जर र एक्विजिनलाई प्रोत्साहन दिने हो भने ब्याजदर अन्तर, डिएसएलमा सहुलियत, क्षेत्रीय स्तरका विकास बैकहरुको स्प्रेड दरमा पुर्न्विचार लगायतका अन्य सुविधा थप गर्नु पर्ने बताएका छन् ।राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा