• होमपेज
  • समाचार
  • सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

  • बिहिबार, जेष्ठ १६, २०७६
सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

थप जानकारीका लागि बैकको वेबसाइट तथा शाखा कार्यालयमार्फत जानकारी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार