माछापुच्छ्रे बैंक लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड बीच “१०.२५% माछापुच्छ्रे डिवेञ्चर – २०८५” नामक रु ३ अर्ब ऋणपत्र निष्काशन गर्नकालागि निष्काशन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृ श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पुर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडले सम्पन्न गर्ने छ ।
ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले विक्रीको लागि आवेदन खुल्ला गर्ने छ ।