• होमपेज
  • रेमिटेन्स
  • मेगा बैंक र दक्षिण कोरियाको रेमिट्यान्स कम्पनीबीच सम्झौता

मेगा बैंक र दक्षिण कोरियाको रेमिट्यान्स कम्पनीबीच सम्झौता

  • बिहिबार, चैत्र १४, २०७५
मेगा बैंक र दक्षिण कोरियाको रेमिट्यान्स कम्पनीबीच सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।

मेगा बैंकले आप्mनै ‘मेगारेमिट’ को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियामा निकै लोकप्रिय रहेको कोइनसट कम्पनीसँग सम्झौता गरेको हो । कोइनसटसँग रेमिट्यान्स सम्झौता गर्ने मेगा नेपालको पहिलो वाणिज्य बैंक हो । यो सम्झौताले दक्षिण कोरियामा रहेका नेपालीहरुले मेगा बैंकका देशभरका १ सय २ वटा शाखा र अन्य बैंकहरुमा रहेको खातामा मेगामार्फत रकम जम्मा गर्न सक्नेछन् ।

यसका साथै मेगा बैंकका देशभर छरिएका २ हजार ३ सय भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सहजै रकम भुक्तानी लिने व्यवस्था पनि मिलाइएको छ ।

मेगा बैंकले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले ‘मेगा मातृभूमि बचत खाता’ को व्यवस्था पनि गरेको छ । दक्षिण कोरियामा रहेका मेगा बैंकका प्रतिनिधिमार्फत शून्य मौज्दातमै खोल्न सकिने ‘मेगा मातृभूमि बचत खाता’मा बैंकले बिभिन्न सुविधा पनि दिएको छ । जसमा ६.५ प्रतिशत त्रैमासिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, बैंक स्टेटमेन्ट लगायतका सुविधाहरु निःशुल्क गरिएको छ ।

भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने आवास कर्जा र सवारी साधन कर्जामा पनि विशेष छुटको व्यवस्था बैंकले गरेको छ । सीआस्बा सुविधा र आईपिएस सुविधा पनि उपलब्ध रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि