माछापुच्छ्रे बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ शाखा रहित बंैकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ ।
बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग) स्थित फिस्लिङमा, तनहँुको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द«हरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइरहेको छ ।
यो सहित माछापुच्छ«े बैंक लिमिटेडको हालसम्म ६१ शाखा रहित बंैकिङ्ग सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६१ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १५४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।