• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एशिया बैंकबाट एउटा विप्रेषण कारोबार गर्दा अर्को कारोबार निःशुल्क

एनआईसी एशिया बैंकबाट एउटा विप्रेषण कारोबार गर्दा अर्को कारोबार निःशुल्क

  • बिहिबार, फाल्गुन २, २०७५
एनआईसी एशिया बैंकबाट एउटा विप्रेषण कारोबार गर्दा अर्को कारोबार निःशुल्क

नआईसी एशिया बैंक लिमिटेडले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहहरुलाई लक्षित गर्दे एउटा विप्रेषण कारोबार गर्दा अर्को कारोबार निःशुल्क (सेन्ड वान गेट वान फ्रि) योजना ल्याएको छ ।

बैंकले फाल्गुण र चैत्र दुई महिनाका लागि ल्याएको यस योजनामा ग्राहकहरुले एनआईसी एशिया रेमिट मार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्राप्त गन प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले बताए ।

एनआई एशिया रेमिट मार्फत नेपालभरी कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो ग्राहकले सुविधा प्राप्त गर्नेछन् । एन आई सी एशिया रेमिट मार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्युन शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहक महानुभावहरु अझ बढि लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

एन आई सी एशिया रेमिट मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम यस बैंकको मुलुकभर फैलिएको २७६ शाखा कार्यालयहरु, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६ हजार ७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।

यो सुविधाबाट ग्राहक महानुभावहरुले पैसा पठाउँदा उच्चतम लाभान्वित हुने र झन्झट रहित तरीकाबाट पैसा पठाउन र निकाल्न सकिने बैंकले जानाएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७६ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा