• होमपेज
  • समाचार
  • पत्रकारकै घरमा दिउँसै चोरी

पत्रकारकै घरमा दिउँसै चोरी

  • बिहिबार, माघ १०, २०७५
पत्रकारकै घरमा दिउँसै चोरी

सुन्दा पनि अचम्म लाग्न सक्छ । जसले जनतालाई सु–सचित तथा सुचता सञ्चार प्रवाह गर्छ उसैको घरमा चोरी जस्तो घटना हुन्छ । तर यो घटना काठमाडौं नैकाप स्थित तिनथाना गढी स्थित न्यूज अभियान डट कमका प्रधान सम्पादक छायाचन्द्र भण्डारीलाई पर्न गएको छ । सम्पादक भण्डारीका अनुसार दिन दहाडै घरमा चोरहरु पसेर घरको रहेको नगद सहित अन्य सामानहरु चोरी गरी ती चोरहरु भाग्न सफल भएका हुन् ।

सम्पादक भण्डारीका अनुसार चोरीहरु दिउँसो करिब २ बजेर ६ मिनेटमा घरको मुख्य प्रवेशद्वारमा लगाइएको ताला तोडेर भित्र पसि दराजमा रहेको रु ५००० । (पाँच हजार) नगद, २ थान मोवाईल, एक थान घडी, लगायत विभिन्न धातुका गर गहनाहरु चोरी गरी लगेको छन् ।

छिमेकीका अनुसार एक महिला र एक पुरुष गरि दुई जनाको समुहमा चोरी भएको बताइएको छ । चोरीका बारेमा थप अनुसन्धान भइरहेको थानकोट प्रहरी वृतका इनिस्पेक्टर शंकर खड्काले बताए ।

Facebook Comments

सम्बन्धित समाचार