• होमपेज
  • अर्थ/वाणिज्य
  • कैलाश विकास बैंकको पच्चीसौं साधारण सम्पन्न

कैलाश विकास बैंकको पच्चीसौं साधारण सम्पन्न

  • सोमवार, पुस २३, २०७५
कैलाश विकास बैंकको पच्चीसौं साधारण सम्पन्न

कैलाश विकास बैंकको पच्चीसौं वार्षिक साधारण सभाले गत आ.व. २०७४/७५ को नाफाबाट शेयरधनीलाई प्रस्ताव गरिएको १७ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

लाभांश वितरणका लागि बैंकले पुस ६ गते शुक्रबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले साधारण सभाले पारित गरेकाे बैंकको उक्त लाभांश (४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ बराबरको नगद) पुस ५ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

यस्तै साधारण सभाले कैलाश विकास बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने संस्था पहिचान, सम्झौतापत्रमा हस्ताक्षर, दायित्व तथा मूल्याङ्कनकर्ता नियुक्ति र पारिश्रमिक निर्धारण, लगायतका आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

साथै खगेन्द्र एण्ड एसोसिएट्सलाई आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरिक्षक नियुक्ती गरि पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्ताव गरिएको छ ।

बैंक अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको सभाको संचालन बैंकका कम्पनी सचिव प्रकृतिराज तिमिल्सिनाले गरेका थिए भने सञ्चालक उद्धवराज पुरीले स्वागत गरेका थिए ।

अत्याधुनिक प्रविधिको उपयोग गर्दै यस बैंकले ८० वटा शाखाबाट समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको बैकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

राष्ट्रिय स्तरका विकास बैंकहरुमा सबैभन्दा जेष्ठ यस विकास बैंकको चुक्तापूँजी दुई अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ । कैलाशले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०३ पैसा कायम गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार