• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंक र सन नेपाल लाइफबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र सन नेपाल लाइफबीच सम्झौता

  • सोमवार, पुस २३, २०७५
मुक्तिनाथ विकास बैंक र सन नेपाल लाइफबीच सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक लि.बीच बैंकासुरेन्स सम्झौता भएको छ । क्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता अन्र्तगत मुक्तिनाथ विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु मुक्तिनाथ विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

साथै कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पु¥याउन ६० करोड मुल्यकोे आइपीयो शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।

Facebook Comments

सम्बन्धित समाचार