यस सानिमा लाईफ इन्स्योरेन्स लि. र एन.आई.सीएशिया बैंकबिच बैक्यास्योरेन्स संझौता भएको छ ।
एक कार्यक्रममा कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्
उक्त अवसरमा सानिमा लाईफ इन्स्योरेन्स लि.का नायव महाप्रबन्धक केशव राज के.सी तथावरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको समेत उपस्थिति थियो । सम्झौता अनुसार ग्राहकहकहरुले एन.आई.सीएशिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रविधियुक्त आधुनिक स्तरको उत्कृष्टजीवन बीमा सेवा उपभोग गर्न सक्नेछन् ।