• होमपेज
  • समाचार
  • हिमालयन बैंकको शेयर रोक्का ?

हिमालयन बैंकको शेयर रोक्का ?

  • आइतवार, पुस १५, २०७५
हिमालयन बैंकको शेयर रोक्का ?

भूपेन्द्र आचार्य । हिमालयन बैंकको साधारण सभा नजिक आएको बेला बैंकको शेयर कारोबार बन्द हुनु लगानीकर्तामाथी घात हनु सरह हो । लामो प्रतिक्षा पछि केही प्रतिफल पाउने यो साधारण सभा अगाडी शेयर कारोबार बन्द हुनु बैंक व्यवस्थानको नालायकीपन हो भन्न पछि पर्नु हुँदैन ।

विवादै विवादको दुई दर्शक विताएको हिमालयन बैंक फेरि कारवाहीमा परेको छ । लामो समय मलेसियाको म्यास मनीसँग कारोबार गर्दे आएको हिमालयन बैंकको करिब ५० लाख जनताको पैसा डुवेको र राष्ट्र बैंकले उठाउन सहयोग गर्ने भन्दै म्यास मनीलाई नेपालमा कारोबार गर्न बन्द गरेको छ ।

अहिल्लो हप्ता नेप्सेले सूचिकरण विनियमावलीको उल्लघंन गरि कम्पनीका महत्वपूर्ण सूचना प्रवाह गर्दा लापरवाही गरेको लाखौं लगानीकर्ताहरुलाई द्विविधामा पारेको भन्दै हिमालयन बैंक लगायत केही वाणिज्य बैंक र साँग्रीला र मिसन विकास बैंकको शेयर कारोबार रोक्का गरि कारवाही गरेको छ ।

राणा शैलीमा विगत २ दर्शकदेखि चल्दै आएको हिमालयन बैंकले लाभांश, बोनस शेयर, हकप्रद शेयरका सहि सूचना नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिँदा गोलमटोल दिएको, संचालक समितिको बैठक बसेको समय समेत उल्लेख नगरेको, महत्वपूर्ण एजेण्डा समत लगानीकर्तालाई झुक्किने खालका सूचना प्रवाह गरेको भेटिएपछि हामीले हिमालयन बैंक लगाउत २ वाणिज्य बैंक र २ विकास बैंकको शेयर तत्कालका लागि रोक्का राखेका छौं, स्रोतले भन्यो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले गत बिहीबार एकैपटक तीन वाणिज्य बैंकसहित ५ कम्पनीको सेयर कारोबार निलम्बन गरेर कारवाही गरेको हो ।

नेप्सेले सूचिकरण विनियमावलीको उल्लंघन गरी कम्पनीका महत्वपूर्ण सूचना प्रवाह गर्दा लापरबाही गरेको र लगानीकर्तालाई द्विविधामा पारेको भन्दै हिमालयन बैंक लगायत २ वाािण्ज्य बैंक साथै सांग्रीला डेभलपमेन्ट बैंक र मिसन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर कारोबार गर्न रोक लगाएको हो ।

धितोपत्र सूचिकरण विनियमावली–२०७५ को दफा २२ को उपदफा १ को खण्ड ‘ङ’मा ‘नगद लाभांश, बोनस सेयर, हकप्रद सेयर तथा थप सेयर निश्कासन सम्बन्धी निर्णय भएमा सो निर्णय हुनेबित्तिकै संचालक समितिको बैठकको समय समेत उल्लेख गरी नेप्सेलाई उपलब्ध गराउनुपर्ने’ व्यवस्था छ । तर, यो व्यवस्था विपरीत महत्वपूर्ण सूचना प्रवाह गर्दा बैंकहरुले गोलमटोल लेखी पठाएका, संचालक समितिको बैठक बसेको समय समेत उल्लेख नगरिएको, महत्वपूर्ण एजेण्डा भित्र राखिएको, साधारणसभा लगायतका एजेण्डामा समेत लगानीकर्ता झुक्किने खालका सूचना प्रवाह भएकोले बैंकहरुलाई सूचना सम्प्रेषणको शैलीमा सुधार गर्न पटक–पटक पत्राचार गरी झकझक्याउँदा समेत सुधार नआएपछि कारोबार रोक्नुपरेको नेप्सेका एक उच्च कर्मचारीले राजतिलक साप्ताहिकसँग बताए ।

नेप्से स्रोत भन्दछः– ‘पटक–पटक पत्राचार गरी हामीले सचेत गराउँदा समेत लगानीकर्ताले सही सूचना सही समयमा पाउन नसक्ने अवस्था हुने गरी सूचना सम्प्रेषण भएपछि बाध्य भएर हामीले ती ५ बैंकको कारोबार रोकी स्पष्टीकरण सोधेका हौ ।’
स्थापना कालदेखि नै पटक÷पटक दर्जनौ काण्ड मच्चाउँदै आएको प्रथम गर्भनर हिमालयन शम्शेर राणाको बैंक फेरि नेप्सेद्वारा चर्को कारवाहीमा परेको हो ।

हजारौं लगानीकर्ताहरुको नाममा रहेका लाखौं कित्ता शेयरहरुको कारोबार लगानीकर्ताहरुले गर्न नपाउने भएका छन् । यसले गर्दा लगानीकर्तालाई ठूलो मार पर्ने प्रस्टै देखिन्छ ।

राष्ट्र बैंककै सयौं निर्देशन रद्दीको टोकरीमा फ्याक्दै आएको हिमालयन बैंक स्थानिय तहमा अझै पुगेको छैन । कर्मचारी भर्नामा कहिले विज्ञापन गरेको छैन । तर निरिह गर्भनर डा.चिरनजिवी नेपाल कारवाही गर्न सक्दैनन् । यो खोजीको विषय बनेको छ र बन्ने पर्दछ ।

स्थापनाकाल देखि सीइओ बनेका अशोक सम्शेर राणाको कार्यकाल १४ वर्ष पुगेपनि वाफियालाई समेत उल्लघंन गर्दै थप कार्यकाल थपिएको छ ।

हालै जारी वाफियाले २ कार्यकाल भन्दा बढी सीइओ हुन नपाउने भए पनि हिमालयन बैंकलाई गणतान्त्रिक निर्देशन कुनै लाग्दैन त्यहाँ राणा शासननै अझै चलिरहेको छ । एक संचालकले नाम नलेख्ने शर्तमा राजतिलक साप्ताहिकसँग भने । राष्ट्र बैंकले मलेसियाको म्याक्स मनी ट्रान्सफरसँग गरेको कारोबारबाट ५० लाख जनताको पैसा घोटला भएको भन्दै उठाउन हिमालयन बैंकलाई दबाब दिएपनि उठेको छैन ।

यो हप्ता शेयर बजारले छलाङ नै मा¥यो तर हिमालयन बैंकको शेयरधनीहरुले १ पैसा पनि कमाएनन् कारण हो यस बैंकको शेयर कारोबार रोक्का थियो । शेयर रोक्का भएपछि हिमालयन बैंकका लगानीकर्ता निराश मात्रै भएनन् । शेयर कारोबार रोक्का भएपछि आफुहरु तनावमा रहेको समेत बताएँ । हिमालयन बैंक लगायत अरु दुई वटा बैंक र दुई विकास बैंकका शेयरधनीहरुले पनि शेयर बढेको मैकामा चौका हान्न पाएनन । यो अर्को दुःखदायी कुरा मान्नै पर्दछ, कि कसो ! राजतिलक साप्तहिक

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा