• होमपेज
  • अर्थ/वाणिज्य
  • मुक्तिनाथ विकास बैंकको लाभांश र हकप्रद सेयर पारित

मुक्तिनाथ विकास बैंकको लाभांश र हकप्रद सेयर पारित

  • सोमवार, पुस २, २०७५
मुक्तिनाथ विकास बैंकको लाभांश र हकप्रद सेयर पारित

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि १९.२१ प्रतिशत लाभांश दिने भएको छ ।  मंसिर २९ गते सम्पन्न बाह्रौं वार्षिक साधारण सभाले १८.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ०.९६ प्रतिशत नगद लाभांश वितरण गर्ने पारित गरेको छ । साथमा  २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पनि पारित गरेको छ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७४÷०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सेयरधनिहरुबाट आएको विभिन्न  सल्लाह सुझाव र जिज्ञासाहरुलाई अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।

साधारण सभाले आर्थिक वर्ष. २०७४÷०७५ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७५÷०७६ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पनि पारित गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको विगत तथा वर्तमान अवस्था र बैँकको भावी रणनीतिका बारेमा साधारण सभा समक्ष जानकारी दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा